राष्ट्रिय
-
२०७६ कार्तिक २५, सोमबार
पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान
झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउनुभएको छ । दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उहाँले बताउनुभयो । “अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरेलले...
-
२०७६ कार्तिक २५, सोमबार
आन्तरिक पर्यटक हुन कर्मचारीलाई सुविधा
प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ । प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन र कर्मचारीलाई प्रदेशमै कार्य गर्न थप ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले प्रदेश २ सरकारले यस्तो सुविधा उपलब्ध गराउने कानून...
-
२०७६ कार्तिक २५, सोमबार
घरदैलो सुत्केरी सेवा दिइने
प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पाल्पाको पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने...
-
२०७६ कार्तिक २५, सोमबार
नेपाल–भारत सीमा विषयमा सरकारले स्पष्ट पारिसकेको छ सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ”, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीका जिज्ञासामा उहाँले नेकपाले...
-
२०७६ कार्तिक २५, सोमबार
कोल्डस्टोर तीन वर्षदेखि अलपत्र
किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ । मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । गाउँपालिकाले भने रु पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ । जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी,...
-
२०७६ कार्तिक २५, सोमबार
उपनिर्वाचन २०७६ः मकालुका सबै मतदान केन्द्र संवेदनशील
मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउ“पालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हु“दैछ । खा“दबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ । एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशील रहेको निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले बताउनुभयो । उहाँका अनुसार १०...
-
२०७६ कार्तिक २५, सोमबार
भलिबल ः नेपालद्वारा किर्गिस्तान पराजित
बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो । यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–०...
-
२०७६ कार्तिक २५, सोमबार
चितवनमा २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान
जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् । तथ्याङ्क कार्यालय चितवनले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा रहेको प्रतिष्ठानमा एक लाख चार हजार ६२७ जनाले रोजगारी पाएका छन् । प्रत्यक्ष संलग्न जनशक्तिको तथ्याङ्क हेर्दा पुरुष ६३ हजार ५१७ जना, महिला ४१ हजार ११० जना रहेका छन्...
-
२०७६ कार्तिक २५, सोमबार
मौरी जोनमा १४१ किसान आबद्ध
दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा सामूहिकसहित १३६ वटा मौरी फार्महरु सूचीकृत भएर प्रत्यक्ष मह उत्पादनको काम गर्दै आएका छन् । “पहिलो चरणमा...
-
२०७६ कार्तिक २५, सोमबार
नेकपा सचिवालय बैठक शुरु
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं...
-
२०७६ कार्तिक २५, सोमबार
लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु
प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ । प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै हुने गरेकाले यस पछाडिको...
-
२०७६ कार्तिक २५, सोमबार
सुत्केरीलाई उपाध्यक्षको कोसेली
जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो । पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उहाँले बताउनुभयो । उक्त...


