राष्ट्रिय
-
२०७६ कार्तिक १८, सोमबार
जाजरकोटका सबै टावर निर्माण गर्ने सहमति
तोकिएको मितिमा नेपाल टेलिकमका टावर निर्माण नगर्ने भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ । सात वटा स्थानीय तहका सरकार प्रमुख, जाजरकोट क का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, प्रहरी नायब उपरीक्षक श्याम खत्री, सशस्त्र प्रहरी बलका डिएसपी योग्य बस्नेतको रोहवरमा...
-
२०७६ कार्तिक १८, सोमबार
न्याय सम्पादनका लागि वडा वडामा संयोजक चयन
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा÷वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ । न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं नमूनायोग्य कार्य गर्दै आएको न्यायिक समितिले न्याय सम्पादनमा अझ सहजता ल्याउनका लागि प्रत्येक वडामा संयोजक तोकिएको नगर उपप्रमुख एव न्यायिक समिति संयोजक कल्पना तिवारीले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा...
-
२०७६ कार्तिक १८, सोमबार
वडाध्यक्षको उम्मेदवार छान्न सकस
नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् । नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता गम्भीर छलफलमा जुटेकाले यो हप्तासम्ममा वडाध्यक्षको...
-
२०७६ कार्तिक १८, सोमबार
पोषणसम्बन्धी पाँचाँै विश्व सम्मेलन शुरु
पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भयो । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो । हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्वका साथ लिएका छन् । सम्मेलनमा...
-
२०७६ कार्तिक १८, सोमबार
घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गर्नुभयो । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह...
-
२०७६ कार्तिक १८, सोमबार
निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको...
-
२०७६ कार्तिक १८, सोमबार
धावनमार्ग कालोपत्र गर्न रु चार करोड विनियोजन
बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग ९रनवे० कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा रु चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महीना उडान गरेपनि आवश्यक...
-
२०७६ कार्तिक १८, सोमबार
गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो । वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र...
-
२०७६ कार्तिक १८, सोमबार
‘प्याङ्ग्री’ झारले रैथाने वनस्पति सङ्कटमा
स्थानीय बोलीचालीमा ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति ‘माइकेनिया माइक्रान्था’ झापामा अनियन्त्रित रुपमा फैलिइरहेको छ । यसको फैलिँदो अवस्थाका कारण रैथाने वनस्पति सङ्कटमा परेका छन् । प्याङ्ग्री झारले खाली रहेका अधिकाँश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे बताउनुहुन्छ । भुईँ, पर्खाल र रुख जताततै लहरिन सक्ने विशेषता भएको यो...
-
२०७६ कार्तिक १८, सोमबार
बहुवर्षे सडक शिलान्यास
इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको आज नगरप्रमख द्वारिकालाल चौधरीले शिलान्यास गर्नुभयो । नगरप्रमुख चौधरीले एक वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । नगरलाई समृद्ध बनाउन यो सडकले महत्वपूर्ण भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो । उपप्रमुख लक्ष्मी गौतमले...
-
२०७६ कार्तिक १८, सोमबार
किर्तिपुरको विषयमा शर्टफिल्म प्रतियोगिता हुने
कीर्तिपुर नगरपालिकाको आयोजनामा किर्तिपुरको विषयमा शर्टफिल्म प्रतियोगिता हुने भएको छ । नेपालको ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे नेपालभाषाको छोटो चलचित्र प्रतियोगिता गरिने विषयमा आइतबार किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनको तथा नेपाल भाषाका चलचित्रकर्मिबिच एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको समय प्रविधिको युग भएको र किर्तिपुरबारे प्रचार प्रसार गरी...
-
२०७६ कार्तिक १७, आइतबार
परियोजना सञ्चालन क्षेत्र अवलोकन
गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन गरिएको छ । गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना...


