STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक १, शुक्रबार

    पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

    आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उहाँलाई खर्चको अभाव भएको हो । उहाँ यही असोज ११ गतेदेखि बिरामी हुनुभएको थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ । उहाँको...

  • २०७६ कार्तिक १, शुक्रबार

    अस्पताल गएर प्रसूति गराउने बढ्दै

    दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी भत्ता दिने गरिएको छ । अहिले सरकारी स्वास्थ्य संस्थाले रु एक हजार ८०० र उपमहानगरपालिकाले...

  • २०७६ आश्विन ३०, बिहिबार

    पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी

    अघिल्लो आर्थिक वर्षको सेतक चिनी खिरौलो बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित पाटनमा पाइने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरे पनि बिक्री गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमति दिइएको हो । डिभिजन वन कार्यालय जाजरकोटले व्यापारीलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमति दिएको छ । अहिले...

  • २०७६ आश्विन ३०, बिहिबार

    सहकारीद्वारा ज्येष्ठ नागरिक सम्मानित

    रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थामा आवद्ध रहेका ७५ वर्षमाथिका ज्येष्ठ नागरिलाई संस्थाको १२ आँै वार्षिक साधारणसभाको अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले बुधबार उहाँहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा माधवप्रसाद उपाध्याय, लीलाबहादुर गाहा, टेकबहादुर श्रेष्ठ, रेश्मीराज ढुङ्गाना,...

  • २०७६ आश्विन ३०, बिहिबार

    नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

    म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई...

  • २०७६ आश्विन ३०, बिहिबार

    पोखरी निर्माण

    म्याग्दे गाउँपालिका–१ स्थित पाँचधारेमा पोखरी निर्माण गरिएको छ । प्रादेशिक उद्योग, वन तथा वातावरण मन्त्रालयको सहयोग र स्थानीयवासीको श्रमदानबाट उक्त स्थानमा रहेको पाँच वटा धाराबाट खेर गइरहेको पानीलाई सदुपयोग गरेर पोखरी निर्माण गरिएको हो । उक्त मन्त्रालयले रु। दुई लाख उपलब्ध गराउनाका साथै र रु एक लाख पैंतीस हजार बराबरको स्थानीय जनश्रमदान गरी कुल रु तीन लाख पैंतीस हजारको लागतमा सो पोखरी निर्माण...

  • २०७६ आश्विन ३०, बिहिबार

    गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन

    गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि मतदान शुरु भएको सङ्घका प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो । शुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । “बुधबार राति ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान हुने भनिएको थियो”, उहाँले भन्नुभयो, “तर विद्युतीय मेसिनमा दुवै पक्षको सहमती नजुटेपछि पुनः मतपत्र छापी...

  • २०७६ आश्विन ३०, बिहिबार

    त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

    विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र...

  • २०७६ आश्विन ३०, बिहिबार

    दलित युवाद्वारा न्यायका लागि अपिल

    रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले सोही वडा निवासी गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै न्यायका लागि अपिल गरिएको छ । पीडित विकले बुधबार यहाँ पत्रकार सम्मेलन गरी जनप्रतिनिधि बुढाथोकीले अपमान गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी गरेकोमा मार्ने धम्की आएकाले आफू विस्थापित हुनुपरेको जानकारी दिनुभयो । दोषीमाथि कडा कारवाहीको माग गर्दै...

  • २०७६ आश्विन ३०, बिहिबार

    बागलुङमा चिया खेतीको लहर

    चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ । हिजोआज अन्य जिल्लामा पनि व्यावसायिक चिया खेती गर्न थालिएको छ । पछिल्लो समय बागलुङ व्यावसायिक चिया खेती हुने जिल्लाको पङ्क्तिमा देखापर्न थालेको छ । तीन वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चिया खेतीको अभ्यास निकै कम थियो । चिया...

  • २०७६ आश्विन ३०, बिहिबार

    छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव ः मुख्यमन्त्री राउत

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक...

  • २०७६ आश्विन ३०, बिहिबार

    नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहांँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट...

Pages