STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ३०, बिहिबार

    दलित युवाद्वारा न्यायका लागि अपिल

    रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले सोही वडा निवासी गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै न्यायका लागि अपिल गरिएको छ । पीडित विकले बुधबार यहाँ पत्रकार सम्मेलन गरी जनप्रतिनिधि बुढाथोकीले अपमान गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी गरेकोमा मार्ने धम्की आएकाले आफू विस्थापित हुनुपरेको जानकारी दिनुभयो । दोषीमाथि कडा कारवाहीको माग गर्दै...

  • २०७६ आश्विन ३०, बिहिबार

    बागलुङमा चिया खेतीको लहर

    चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ । हिजोआज अन्य जिल्लामा पनि व्यावसायिक चिया खेती गर्न थालिएको छ । पछिल्लो समय बागलुङ व्यावसायिक चिया खेती हुने जिल्लाको पङ्क्तिमा देखापर्न थालेको छ । तीन वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चिया खेतीको अभ्यास निकै कम थियो । चिया...

  • २०७६ आश्विन ३०, बिहिबार

    छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव ः मुख्यमन्त्री राउत

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक...

  • २०७६ आश्विन ३०, बिहिबार

    नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहांँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट...

  • २०७६ आश्विन ३०, बिहिबार

    सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

    कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिकाभित्रका सर्पदंशका बिरामीलाई उपचार केन्द्रसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो । “सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्याउन जाने समस्या निम्तिन थालेपछि निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ...

  • २०७६ आश्विन ३०, बिहिबार

    उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।...

  • २०७६ आश्विन ३०, बिहिबार

    रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

    चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका छन् । दशैँ सकिएपछि रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने...

  • २०७६ आश्विन ३०, बिहिबार

    वाणिज्य बैंक निःशुल्क प्रशिक्षण दिँदै

    राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत...

  • २०७६ आश्विन ३०, बिहिबार

    भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रकम प्रदान

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेपलाञ्चोकले भूकम्प गएको करीब साढे चार वर्षपछि जिल्लाका भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रु दुई लाख रकम प्रदान गरेको छ । भूमिहीन घरपरिवारका लागि साविक ठाउँमा घर नबनाई अन्य ठाउँमा जग्गा खरीद गर्न सरकारले उपलब्ध गराउने रकम रु दुई लाख पाउनेमा २२ घरधुरीमध्ये १७ घरपरिवारलाई सो रकम प्रदान गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ...

  • २०७६ आश्विन ३०, बिहिबार

    चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा साख बढाएको छ ः डा भट्टराई

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताउनुभएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र...

  • २०७६ आश्विन ३०, बिहिबार

    जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

    समाजसेवी भोजराज दाहालले आफ्ना बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । बुबा स्व देवीलाल दाहाल र आमा स्व रमादेवी दाहालको स्मृतिमा कावासोती–८ स्थित ज्ञानोदय माध्यामिक विद्यालयमा उहाँले रु ५० लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज गुरुङलाई बुधबार समाजसेवी दाहालले रु एक लाख ५० हजार प्रदान गरी अक्षयकोष स्थापनाको शुरुआत गर्नुभएको छ । कावासोती...

  • २०७६ आश्विन ३०, बिहिबार

    लुम्बिनीमा भिक्षुलाई कठिन दान

    वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय बुद्ध विहारमा आयोजित पवित्र कथिन कठिन उत्सवका अवसरमा भिक्षुसङ्घलाई कथिन चीवर दान, अष्टपरिष्कार दान गरिएको हो । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । पोखराका दाता पानश्री गुरुङ परिवारको आर्थिक सहयोगमा आयोजना गरिएको कठिन उत्सवका अवसरमा दान पुण्य...

Pages