राष्ट्रिय
-
२०८१ श्रावण २७, आइतबार
आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह
पाटन , उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । “हरेक परिवर्तनमा युवाको ठूलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्याैं,...
-
२०८१ श्रावण २५, शुक्रबार
थारू समुदायका ६ महिला खेलाडी सम्मानित
काठमाडौं - विभिन्न खेलमार्फत देशलाई चिनाउने थारू समुदायकी महिला खेलाडीहरू सम्मानित भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा आयोजित गुरही पर्वको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा भलिबलकी सरस्वती चौधरी, संगम महतो, मनिसा चौधरी, बीच भलिबलकी संगीता चौधरी, ह्यान्डबलकी आदिती चौधरी र हिलिना राना सम्मानित भएका हुन्। सरस्वती चौधरीले हालै सम्पन्न काभा भलिबलमा उत्कृष्ट प्रदर्शन...
-
२०८१ श्रावण २५, शुक्रबार
तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति
धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन् । लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विपति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने...
-
२०८१ श्रावण २५, शुक्रबार
नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य
गण्डकी, पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको...
-
२०८१ श्रावण २५, शुक्रबार
थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलाली र कञ्चनपुरमा धुमधामसँग मनाइरहेका छन् । खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाइ गाउँको दक्षिण पट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको थारु नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी...
-
२०८१ श्रावण २५, शुक्रबार
आज नागपञ्चमी, नागपूजा गरिँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको...
-
२०८१ श्रावण २३, बुधबार
सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलद्वारा शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण
सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतासमक्ष हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री...
-
२०८१ श्रावण २३, बुधबार
फोनिजद्वारा जनजाति खबरका विजयरत्नसहित छ जना पत्रकार सम्मानित हुँदै
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवस (श्रावण २७)मा हरेक बर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष फोनिज स्थापनाको २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत बर्ष समारोहमा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ छनौट सम्बन्धी निर्णय...
-
२०८१ श्रावण २१, सोमबार
साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।उहाँले...
-
२०८१ श्रावण २०, आइतबार
छ प्रदेशका केही स्थानमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको...
-
२०८१ श्रावण १८, शुक्रबार
हिमाली जिल्ला मनाङमा सद्भावको पर्व यार्तुङ
हिमाली जिल्ला मनाङमा सद्भावको पर्वका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ । माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा यार्तुङ पर्व पाँच दिनसम्म मनाउने गरिन्छ ।...
-
२०८१ श्रावण १७, बिहिबार
पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।आज रात देशभर आंशिकदेखि साधारणतया...


