राष्ट्रिय
-
२०७६ भाद्र १८, बुधबार
समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव
चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको हो । सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीले विविध बहाना देखाई सो भवनको निर्माणमा...
-
२०७६ भाद्र १८, बुधबार
भुक्तानी नपाएसम्म काम गर्न नदिने चेतावनी
मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल...
-
२०७६ भाद्र १८, बुधबार
सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरुमा शिलबन्दी...
-
२०७६ भाद्र १८, बुधबार
आयुर्वेद उपचारमा आकर्षण बढ्दै
पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९६६ छ । क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्निया, सुत्केरी महिला,...
-
२०७६ भाद्र १८, बुधबार
गाईगोरु मृत्यु घटना ः गृहको छानबिन टोली सुर्खेतमा
दैलेख पु¥याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले आज गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ । छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिनुभयो । “बाँकेबाट अनुसन्धान...
-
२०७६ भाद्र १८, बुधबार
श्रममा दुई लाखको अक्षयकोष स्थापना
बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गर्नुभएको हो । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताउनुभयो । कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित व्यक्तिहरुको सेवामा खर्च गरिने आश्रमका संयोजक सुमिरा लामाले बताउनुभयो । आश्रम दान र...
-
२०७६ भाद्र १८, बुधबार
धर्म र संस्कृति नै नेपालको पहिचान हो ः धर्म गुरु
हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताउनुभएको छ । उहाँहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा उहाँहरुले धर्म तथा संस्कृतिले नै नेपालको पहिचान गर्दै आएको...
-
२०७६ भाद्र १८, बुधबार
मानव बेचबिखनविरुद्ध अभियान शुरु
जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिनुभयो । विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले...
-
२०७६ भाद्र १८, बुधबार
लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल
लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । सो जहाजमा चालक दलका...
-
२०७६ भाद्र १८, बुधबार
नाराको निर्वाचन भदौ २४ मा
नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्ट नारा को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी...
-
२०७६ भाद्र १८, बुधबार
नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने
मध्यपश्चिमाञ्चल विश्वविद्यालय एम यू ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ । अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा एमयुले यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो । विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले स्नातक तहको कृषि विज्ञान बिएस्सी–एजी अन्तर्गत आठ वटा सेमेष्टर रहने गरी अर्गानिक...
-
२०७६ भाद्र १८, बुधबार
घर निर्माणको रकम नपाउँदा मुक्त हलिया समस्यामा
पुनःस्थापनमा परेका मुक्त हलिया परिवार घर निर्माणका लागि दोस्रो किस्ताको रकम नपाउँदा मर्कामा परेका छन् । दोस्रो किस्ताको रकम नपाउँदा १५५ ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारको घर निर्माणकार्य ठप्प छ । घर मर्मतका लागि ‘ख’ श्रेणीका ४२३ र ‘ग’ श्रेणीका १२ परिवारले समेत दोस्रो किस्ताको रकम नपाएको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताउनुभयो । “पुनःस्थापनाका लागि छनोटमा...


