STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १६, सोमबार

    पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

    पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार...

  • २०७६ भाद्र १६, सोमबार

    कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

    जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका...

  • २०७६ भाद्र १६, सोमबार

    पशुपतिनाथमा दर्शनार्थीको भिड

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज...

  • २०७६ भाद्र १६, सोमबार

    प्राधिकरणका ज्ञवाली दक्षिण कोरियातर्फ

    शहरी क्षेत्रको पुनःनिर्माणका सम्बन्धमा प्रस्तुति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । विश्व पूर्वाधार सहयोग सम्मेलन ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स मा काठमाडौँ उपत्यकाभित्रका सम्पदा बस्तीको गुरुयोजना, कार्यान्वयन ढाँचा र वित्तीय आवश्यकतामा केन्द्रित भई उहाँले प्रस्तुति गर्नुहुने प्राधिकरणले जनाएको छ । सम्मेलन...

  • २०७६ भाद्र १६, सोमबार

    तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

    नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने समूहले क्रमशः नगद रु २५ हजार र रु १० हजारसहित...

  • २०७६ भाद्र १६, सोमबार

    माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु...

  • २०७६ भाद्र १५, आइतबार

    अपाङ्गता भएकालाई सोलार वितरण

    बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो । प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बोहरा र जिल्ला समन्वय समितिका...

  • २०७६ भाद्र १५, आइतबार

    आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उहाँले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र...

  • २०७६ भाद्र १५, आइतबार

    अनदीको चामल पाउनै मुस्किल

    तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात लट्टे खाने गरिन्छ । पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको धान लगाउने प्रचलन कम हुँदै गएपछि चामलको अभाव हुन थालेको हो । पाइहालेमा पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहिआएको छ । लामो समयदेखि चामल मिल...

  • २०७६ भाद्र १५, आइतबार

    विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने...

  • २०७६ भाद्र १५, आइतबार

    तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा

    हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट घर छाउने ढुङ्गा, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो...

  • २०७६ भाद्र १५, आइतबार

    गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

    जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान...

Pages