राष्ट्रिय
-
२०७६ भाद्र १४, शनिबार
पूर्वमन्त्री नेपालीको निधन
महोत्तरीबाट पूर्व युवा तथा खेलकूदमन्त्री रहनुभएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका छोरा बजरंग नेपालीले बताउनुभयो । विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ तत्कालीन प्रधानमन्त्री माधव नेपालको...
-
२०७६ भाद्र १४, शनिबार
मुक्तिनाथमा बढ्दै लगानी
झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गरेका जानकारी दिँदै...
-
२०७६ भाद्र १४, शनिबार
तलब बढाएपछि आन्दोलन स्थगित
अस्पताल प्रशासनले खाइपाइ आएको मासिक तलबमा वृद्धि गरी महँगीभत्ता दिने सहमति भएपछि बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरेका छन् । अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा–सुविधाबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै गत साउन १६ गतेदेखि आफ्ना मागसहित कर्मचारी आलोपालो गरी धर्नामा बसेर अस्पतालको प्रशासन कार्यालय घेराउ गर्दै आएका थिए । गत...
-
२०७६ भाद्र १४, शनिबार
कृषिजन्य वस्तुको निर्यात घट्दो
नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दुई करोड ३१ लाख २२ हजार ५९३ किलो अदुवा निर्यात भएकामा गएको आर्थिक वर्ष २०७५÷...
-
२०७६ भाद्र १४, शनिबार
अघि बढ्दै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन
सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविण अर्यालको संयोजकत्वमा गठित कार्यदलले यही भदौ ११ गते मन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाइसकेको छ । सरकारले पेट्रोलियम पदार्थको आयात क्रमशः घटाई विद्युतीय सवारीसाधनको...
-
२०७६ भाद्र १४, शनिबार
टानको निर्वाचनमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था निट नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल टानको अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ । निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो । सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा...
-
२०७६ भाद्र १४, शनिबार
सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन ः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताउनुभएको छ । अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो । स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले...
-
२०७६ भाद्र १३, शुक्रबार
मुख्य क्षेत्रमा नमूना कृषि गाउँ बनाइने
डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने भएको छ । दुवै जिल्लाका विभिन्न भौगोलिक अवस्थितिअनुसारका बाली पहिचान गरी प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ स्थापना गर्न लागिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको सो कृषि ज्ञान केन्द्रले डडेल्धुराका सात र डोटीका नौ गरि १६ स्थानीय तहमा कार्यक्रम लागू गरिने जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि लागू भएको...
-
२०७६ भाद्र १३, शुक्रबार
देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी
नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फरार अपराधीबाट रु १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी रहेको बताउनुभएको छ । कार्यक्रममा...
-
२०७६ भाद्र १३, शुक्रबार
बगर बन्दै धुर्सेनी बस्ती
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिराका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ । यस वर्ष वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन् । गाउँमाथिबाट खस्ने पहिराले स्थानीयका अधिकांश खेतमा ठूलो क्षति पुगेको र बस्ती नै बगर बन्ने खतरामा रहेको स्थानीयवासी चन्द्र विकको भनाइ छ । उहाँका अनुसार मङ्गरा र...
-
२०७६ भाद्र १३, शुक्रबार
छ हजार मेट्रिक टन स्याउ उत्पादन
जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । अधिकांश किसान बिहानैदेखि राति अबेरसम्म...
-
२०७६ भाद्र १३, शुक्रबार
कृषि उद्यमतर्फ आकर्षण
जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् । कृषि तथा वनजन्य उद्योगतर्फ महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको छ । अहिले व्यावसायिक उत्पादनको उद्देश्य राखेर कृषि तथा वनजन्य...


