STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १३, शुक्रबार

    चार खानीलाई उत्खननको अनुमति

    खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई...

  • २०७६ भाद्र १३, शुक्रबार

    गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो

    भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा...

  • २०७६ भाद्र १३, शुक्रबार

    अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

    कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर...

  • २०७६ भाद्र १३, शुक्रबार

    भवन र रङमा एकरुपता

    रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । छ महीनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तल्लाभन्दा माथि...

  • २०७६ भाद्र १३, शुक्रबार

    सङ्क्रमित बालबालिकाको शिक्षामा समस्या

    कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ । जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताउनुभयो । “मेरो बुबाआमा छैनन्, बूढा बाजेबज्जैको साथमा बसेको छु, खान लाउनकै समस्या छ, कसरी कापी...

  • २०७६ भाद्र १३, शुक्रबार

    चार पुल सञ्चालनमा

    दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताउनुभयो । पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो । तर अहिले सहज भएको छ । “लामो समयदेखि पुल निर्माण नहुँदा...

  • २०७६ भाद्र १३, शुक्रबार

    पोल गाडेको दुई वर्षपछि बिजुली

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो । “हामीले धेरै प्रयत्नका साथ शुरु...

  • २०७६ भाद्र १३, शुक्रबार

    फौजी किराले अन्नबाली सखाप

    जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् । फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै उजाड बनाउन थालेपछि गाईवस्तु र...

  • २०७६ भाद्र १३, शुक्रबार

    पोल्ट्री महासङ्घद्वारा प्रयोगशाला सञ्चालन

    नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने मकै, भटमास, ढुटोसँगै विभिन्न...

  • २०७६ भाद्र १३, शुक्रबार

    पचास परिवार बाढीको जोखिममा

    सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ । नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो । हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हँुदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पु¥याएको हो । बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेका...

  • २०७६ भाद्र १३, शुक्रबार

    मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै

    उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् । यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न...

  • २०७६ भाद्र १३, शुक्रबार

    सामाजिक सद्भावका लागि ‘स्कूल’ कार्यक्रम

    सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि ‘स्कूल’ कार्यक्रम गरिएको छ । बास संस्थाद्वारा सञ्चालित दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजनाअन्तर्गत स्कूल कार्यक्रमको आयोजना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सामाजिक सद्भाव प्रर्वद्धनका विभिन्न गतिविधि सञ्चालन गर्न मद्दत पु¥याउने उद्देश्यले बिहीबार सो कार्यक्रम गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो...

Pages