राष्ट्रिय
-
२०७६ भाद्र १५, आइतबार
पहिरोमा तीन जनाको मृत्यु
जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण...
-
२०७६ भाद्र १४, शनिबार
समृद्ध समाजवादको आधारशिला निर्माण गर्दै सरकार, नेपाली जनतामा खुशी ल्याउँछौं स् सञ्चार तथा सूचना प्रविधिमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त...
-
२०७६ भाद्र १४, शनिबार
मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर
कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ । देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ । स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गर्नुभएको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन्...
-
२०७६ भाद्र १४, शनिबार
पूर्वमन्त्री नेपालीको निधन
महोत्तरीबाट पूर्व युवा तथा खेलकूदमन्त्री रहनुभएका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका छोरा बजरंग नेपालीले बताउनुभयो । विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उहाँ तत्कालीन प्रधानमन्त्री माधव नेपालको...
-
२०७६ भाद्र १४, शनिबार
मुक्तिनाथमा बढ्दै लगानी
झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गरेका जानकारी दिँदै...
-
२०७६ भाद्र १४, शनिबार
तलब बढाएपछि आन्दोलन स्थगित
अस्पताल प्रशासनले खाइपाइ आएको मासिक तलबमा वृद्धि गरी महँगीभत्ता दिने सहमति भएपछि बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरेका छन् । अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा–सुविधाबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै गत साउन १६ गतेदेखि आफ्ना मागसहित कर्मचारी आलोपालो गरी धर्नामा बसेर अस्पतालको प्रशासन कार्यालय घेराउ गर्दै आएका थिए । गत...
-
२०७६ भाद्र १४, शनिबार
कृषिजन्य वस्तुको निर्यात घट्दो
नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दुई करोड ३१ लाख २२ हजार ५९३ किलो अदुवा निर्यात भएकामा गएको आर्थिक वर्ष २०७५÷...
-
२०७६ भाद्र १४, शनिबार
अघि बढ्दै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन
सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविण अर्यालको संयोजकत्वमा गठित कार्यदलले यही भदौ ११ गते मन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाइसकेको छ । सरकारले पेट्रोलियम पदार्थको आयात क्रमशः घटाई विद्युतीय सवारीसाधनको...
-
२०७६ भाद्र १४, शनिबार
टानको निर्वाचनमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था निट नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल टानको अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ । निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो । सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा...
-
२०७६ भाद्र १४, शनिबार
सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन ः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताउनुभएको छ । अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो । स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले...
-
२०७६ भाद्र १४, शनिबार
विसं २०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य
विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् । विसं २०६२ भदौ १५ गते स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०८५ सम्म नेपाललाई शिक्षित...
-
२०७६ भाद्र १४, शनिबार
तीजमा सार्वजनिक बिदा
तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार...


