राष्ट्रिय
-
२०७६ भाद्र १२, बिहिबार
माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ
केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् । पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण...
-
२०७६ भाद्र १२, बिहिबार
गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाँदै
अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १९...
-
२०७६ भाद्र १२, बिहिबार
महानगरमा लिफ्ट जडानको हुँदै
ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट उचाल्ने यन्त्र को काम ७५ प्रतिशत सम्पन्न भएको छ । सो कार्यालय भित्रिने विदेशी पाहुना, कार्यालयका कर्मचारी, यहाँ उपस्थित फरक क्षमता भएका व्यक्ति, असक्त, वृद्धवृद्धा र सेवाग्राहीलाई ध्यानमा राखी महानगरले लिफ्ट जडानको काम अघि बढाएको हो । महानगरपालिका र आरएमएस इन्टरनेशनल कम्पनीबीच लिफ्ट जडानको पहिलो सम्झौता विसं २०७५ फागुन २१...
-
२०७६ भाद्र १२, बिहिबार
गोदावरी नगरपालिकाको आम्दानी बढ्यो
कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । नगरपालिकाले करको दायरा बढाएपछि आन्तरिक आयमा बढेको हो । नगरपालिकाले गत आव २०७५÷७६ मा रु २१ करोड ८६ लाख ४६ हजार ४०१ राजश्व सङ्कलन गरेको आन्तरिक लेखा परीक्षण अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले अघिल्लो आव २०७४÷७५ मा रु दुई करोड ५६ लाख दुई हजार २०६ राजश्व सङ्कलन भएको बताउनुभयो । अघिल्लो आवकोे तुलनामा गत आवमा रु १९ करोड ३० लाख ४४...
-
२०७६ भाद्र १२, बिहिबार
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने ः पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिनुभयोे । नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उहाँले...
-
२०७६ भाद्र १२, बिहिबार
अधिकांस भू–भागमा वर्षाको सम्भावना
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...
-
२०७६ भाद्र १२, बिहिबार
पार्टी प्यालेस र क्याफेलाई तत्काल सुधार गर्न निर्देशन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र बनेपामा रहेको दुई पार्टी प्यालेस र एक क्याफेलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ । उपभोक्तासँग प्रत्यक्ष जोडिने पाटी प्यालेस, होटल र क्याफेको गरी १५ वटाको अनुगमन निरीक्षण गरिएकामा ती तीन वटा मापदण्ड नै पूरा नगरी सञ्चालन गरेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...
-
२०७६ भाद्र १२, बिहिबार
ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र
गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ । पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म...
-
२०७६ भाद्र १२, बिहिबार
नेकपा सल्यानले पूर्णता पायो
सल्यानमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो । सदरमुकाम खलङ्गामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो ।...
-
२०७६ भाद्र १२, बिहिबार
पाँचथरमा शुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम
किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम शुरु भएको हो । पाँचथरमा बुधबार जिल्लाका ९४ सामुदायिक तथा...
-
२०७६ भाद्र १२, बिहिबार
वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गर्नुभएको थियो । बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि आज ओसाका पुगेको राससका...
-
२०७६ भाद्र १२, बिहिबार
जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ
कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म...


