राष्ट्रिय
-
२०७६ श्रावण १४, मंगलबार
अध्यक्ष दाहाल युएई प्रस्थान
पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उहाँकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहनुभएको छ । अध्यक्ष दाहाल यही साउन...
-
२०७६ श्रावण १४, मंगलबार
चौयाया संरक्षणका लागि जिम्मा लगाइयो
तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन भण्डारीलाई जिम्मा लगाउनुभएको हो । गाई...
-
२०७६ श्रावण १४, मंगलबार
विद्यार्थी टिकाउन दिवा खाजा
पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् । बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुुल्क दिवा...
-
२०७६ श्रावण १४, मंगलबार
महिला रक्तदाता न्यून
नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो । रक्तसञ्चार सेवा केन्द्रले आव २०७५÷७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । सङ्कलित कूल रगतमध्ये महिलाको रगत १७ दशमलव ०७ प्रतिशत हो । केन्द्रका प्रमुख डा मनिता राजकर्णिकार...
-
२०७६ श्रावण १३, सोमबार
आज विश्व बाघ दिवस ः दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य नजिक
वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ...
-
२०७६ श्रावण १३, सोमबार
शक्ति अस्थायी र सत्य स्थायी हुन्छ ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताउनुभएको छ । ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै आज उहाँले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा...
-
२०७६ श्रावण १३, सोमबार
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले चार वर्षअघि भूकम्पले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ प्रबलीकरण गराउनु भएन् । किन भने उहाँको घर भूकम्पले पूर्णरुपमा भत्काइदिएको थियो । यद्यपि, खनालको पूर्णरुपमा क्षति भएको घरलाई पुनःनिर्माणका प्राविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिए । खनाल भन्नुहुन्छ, “कहाँ गर्ने रेट्रोफिटिङ ठडिएको घर छैन, यस्तो घर रेट्रोफिटिङमा सूचीकृत गरिदिँदा म आफैँ अचम्ममा परेको...
-
२०७६ श्रावण १३, सोमबार
कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ मध्ये ३.६१ देखि ४.०० जिपिएसम्म अङ्क ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको बोर्डका...
-
२०७६ श्रावण १३, सोमबार
उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना निर्माण
पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् । वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको तामाखानीबाट गाउँमा पानी ल्याइएपछि सजिलोसँग...
-
२०७६ श्रावण १३, सोमबार
गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक
गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्याङ्क कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन्...
-
२०७६ श्रावण १३, सोमबार
असला जातका माछा सङ्कटमा
जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ । जिल्लाको जोवा र तिला नदीमा करेन्ट र विषादीको प्रयोग बढेपछि असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप हुन थालेका हुन् । स्थानीयवासीका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न...
-
२०७६ श्रावण १३, सोमबार
‘पदमा बस्ने हो भने मदिरा छोड्नुहोस’
सामाजिक विकृति विरुद्धको अभियान’ थालेको बडिगाड गाउँपालिकाले अभियानको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न तहमा कडाइ गर्न थालेको छ । विकृतिको पहिचान गरी त्यसका विरुद्ध प्रहार गर्ने नीति लिएको गाउँपालिकाले जागरण अभियानसँगै गाउँका गतिविधिमा समेत कडाइ गर्न थालेको हो । पहिलो चरणअन्तर्गत चलाएको विकृति पहिचान अभियानमा सामाजिक विकृतिहरुमा गाउँका ठूलाबडाकै संलग्नता रहेको पाइएपछि कडाइ थालिएको गाउँपालिकाका...


