राष्ट्रिय
-
२०७६ श्रावण १२, आइतबार
उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा
वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् ।...
-
२०७६ श्रावण १२, आइतबार
धोबिया टोलवासीको पीडा दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य
प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन । सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती ४०५ नम्बरको पिलर नजिक दशगजा क्षेत्रमा बसेको...
-
२०७६ श्रावण १२, आइतबार
मिथिलामा मधुश्रावणीको रौनक उत्कर्षमा
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी मिथिलाका नारी ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । गत सोमबार शुरु भएको यो पर्व अब आउने शनिबार सम्पन्न गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङ्गमा मस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन शुरु भएर साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यो पर्व...
-
२०७६ श्रावण १२, आइतबार
पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै
राप्ती नगरपालिकाले आफ्नो नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछ भने नौ वटा वडा समथर भू–भागमा पर्दछ । तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार पहाडमा बसोबास गर्ने पछाडि परेकाले उनीहरुलाई तराईको संस्कृति, रहनसहनसँग निकट बनाउन र तराईकालाई पहाडको वस्तुस्थिति बुझाउन अभियानका...
-
२०७६ श्रावण १२, आइतबार
महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने
गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । भेलामा औद्योगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष तथा...
-
२०७६ श्रावण १२, आइतबार
सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन ः यादव
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।” यादवले देशको आर्थिक अवस्था कमजोर रहेको,...
-
२०७६ श्रावण १२, आइतबार
पोर्चुगलमा नेपाली पाठशाला कखरा सिक्दै नेपाली बालबालिका
पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने...
-
२०७६ श्रावण १२, आइतबार
नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ
प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाउनुभएको थियो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिनुभएकाले थपलियालाई यही साउन ८ गते सो...
-
२०७६ श्रावण १२, आइतबार
मंगलबजारमा निशुल्क आयुर्वेद उपचार
ललितपुर महानगरपालिका डा नं १६ को आयोजनामा शनिबार निःशुल्क आयुर्वेद स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । रचना आयुर्वेद तथा हाडजोर्नी नशा उपचार केन्द्रसंगको सहकार्य मा वडा नं १६ द्वारा आयोजना गरेको सो शिविरमा विभिन्न रोग हरुको निःशुल्क जाँच र उपचार भएको थिषो। सुगर, ब्लड प्रेसर जाँच र फिजियोथेरापी पनि निःशुल्क नै गरिएको थियो । करिब दुई सय जनाले स्वास्थ्य परिक्षन गराएको सो आयुर्वेद स्वास्थ्य...
-
२०७६ श्रावण १२, आइतबार
एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।...
-
२०७६ श्रावण १२, आइतबार
इमाडोल–लामाटार सडक विस्तार सुस्त
इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ । काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काम गर्ने साइट खुला हुनुभन्दा...
-
२०७६ श्रावण १२, आइतबार
निजी वनका नमूना किसान प्रसाईं
चार बिघा क्षेत्रफलमध्ये अढाइ बिघा क्षेत्रफलमा निजी वन लगाएर जिल्लाकै उदाहरणीय कृषकका रुपमा परिचित हुनुहुन्छ झापा कनकाई नगरपालिका– ६ निवासी शान्तिराज प्रसाईं । विसं २०७० मा पाथीभरा निजी वनबाटिका तत्कालीन जिल्ला वन कार्यालय झापामा दर्ता गर्दै उहाँले निजी वन लगाउन शुरु गर्नुभयो । चार बिघा क्षेत्रफलमा निजी वन लगाउने सोच बनाउनुभएका उहाँले पहिलो चरणमा अढाइ बिघा क्षेत्रफलमा मात्रै निजी वन लगाउनुभयो ।...


