राष्ट्रिय
-
२०७६ श्रावण १३, सोमबार
वर्षमा ५१२ किशोरीलाई घर फर्काइयो
मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो । मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना गृह ९पिआरसी० र आफन्त नेपालले सीमामा निगरानी गर्दै आएका छन् । ती संस्थाको विगत तीन वर्षको प्रतिवेदन हेर्दा मान बेचबिखनका घटना...
-
२०७६ श्रावण १३, सोमबार
प्रहरी अस्पताललाई मेडिकल उपकरण प्रदान
प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई रु एक करोड मूल्य बराबरका मेडिकल उपकरण प्रदान गरेको छ । अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा आशीष दत्तले जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद...
-
२०७६ श्रावण १३, सोमबार
भीओआइपीमा कारबाहीमा परेका मनिन्द्रको डिजाइनमा खनाल दुरसञ्चार प्राधिकरण को अध्यक्ष १
काठमाडौं, १० साउन अवैध कल चोरी भीओआइपी मा प्रहरी कारबाहीमा परेका मनिन्द्र मल्लको डिजाइनमा पुरुषोत्तम खनाललाई दुरसञ्चार प्राधिकरण को अध्यक्ष बनाइएको छ । पुरुषोत्तम खनाल नेपाली कांग्रेसबाट संचारमन्त्री भएका मोहनबहादुर बस्नेतका आफ्नै खास मान्छे हुन् । बस्नेत सञ्चारमन्त्री हुँदा प्राविधिक मान्छे नभए पनि खनाल सल्लाहकारमा नियुक्त भएका थिए । मनिन्द्र तिनै व्यक्ति हुन्, जसलाई भिओआइपी धन्दा चलाएको आरोपमा...
-
२०७६ श्रावण १३, सोमबार
समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि हो सहअध्यक्ष श्रेष्ठ
काठमाडौँ, १२ श्रावण । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि भएको बताए । उनले उक्त कुरा यहि आइतवार काठमाडौँको खुसिबुँमा भएको अन्तक्र्रिया कार्यक्रममा बताएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले...
-
२०७६ श्रावण १३, सोमबार
छत्तिस हजारमै जापान उड्न पाइने
राष्ट्रिय ध्वजावाक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो ।...
-
२०७६ श्रावण १३, सोमबार
राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता
नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८।६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए...
-
२०७६ श्रावण १३, सोमबार
आलेख ः आहा १ सोदु पोखरी
बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा ९थाच्यो० मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । हिमाली चराचुरुङ्गीको चिरबिर उत्तिकै । यो परिवेश अन्त कतैको नभई ताप्लेजुङको हिमाली बस्ती...
-
२०७६ श्रावण १३, सोमबार
बाढी प्रभावितलाई राहत वितरण
गोडैता नगरपालिकामा बाढीबाट प्रभावित भएकालाई राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन नेपालको सहयोगमा राष्ट्रिय रोजगार प्रवद्र्धनको सहजीकरण तथा गोडैता नगरपालिकाको समन्वयमा आइतबार बाढीबाट प्रभावित भएका ३३० लाई राहत वितरण गरिएको हो । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बाढी प्रभावितलाई राहत हस्तातरण गर्नुभएको थियो । जनही रु सात हजार बराबरको समान वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन...
-
२०७६ श्रावण १३, सोमबार
चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै
जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ । एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी तिर्ने पिरले चन्दन जनकपुरधाममा व्यापार गर्ने कि नगर्ने दोसाँधमा हुनुहुन्छ । उहाँ...
-
२०७६ श्रावण १३, सोमबार
छ वर्षमा पनि बनेन कमलविनायक–नगरकोट सडक
ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं...
-
२०७६ श्रावण १३, सोमबार
आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन नेफा द्वारा आज आयोजित कार्यक्रममा उहाँले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो । “आजको विश्वबजारमा हामीले कुनै न कुनै...
-
२०७६ श्रावण १३, सोमबार
घाइते शिशुको तरुण दलद्वारा उद्धार
घर आगनको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ । गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो । खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका...


