STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ८, बुधबार

    कान्जिहाउस बनाउँदै रत्ननगर

    रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पु¥याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो । नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु गरिनेछ । झण्डै एक बिघा जमीनलाई तारबार गरी त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु बस्ने ठाउँ निर्माण गरिँदैछ । मुख्यरूपमा दूध दिन...

  • २०७६ श्रावण ८, बुधबार

    प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

    प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार...

  • २०७६ श्रावण ८, बुधबार

    प्रम दैवीप्रकोप उद्धार कोषका लागि रु २५ लाख प्रदान

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा...

  • २०७६ श्रावण ८, बुधबार

    बाढी र डुबानले पशु आहारा जुटाउन सकस

    महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा परेका हुन् । साउन लागेपछि दुई÷तीन दिन पानी थामिए पनि गत शनिबारयता लगातार झरी परिरहेकाले तिनको आहारा जुटाउन झन् सकस परेको हो । “गोठमा गाई÷भैँसी ड्वाँ–...

  • २०७६ श्रावण ८, बुधबार

    शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा

    शिक्षण पेशाबाट अवकाश पाएपछि भीमसेन बस्नेतले अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो । पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस बर्षसम्म शिक्षण पेशामा रहनुभएका बस्नेतले इञ्जिनीयर मनोज प्रजापतिसँग मिलेर ‘एम्बिशन एग्रीकल्चर प्रालि’ स्थापना गरी यो व्यवसाय शुरु...

  • २०७६ श्रावण ८, बुधबार

    मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

    मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने...

  • २०७६ श्रावण ८, बुधबार

    गुलाबी शहरको रुपमा विकसित हुँदै वालिङ

    स्मार्ट सिटी कार्यान्वयनका लागि घोषणा भई अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई गुलाबी शहरका रुपमा पहिचान दिने गरी काम थालिएको छ । स्थानीय तहको निर्वाचनसँगै निर्वाचित जनप्रतिनिधि र वालिङ नगरपालिकाभित्र रहेका जेसिज, लायन्स क्लब, युवा क्लब, विभिन्न सङ्घ संस्थाको छलफलबाट वालिङलाई गुलाबी नगरका रुपमा पहिचान दिने निष्कर्ष निकालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । गुलाबी रङ सौहार्दता,...

  • २०७६ श्रावण ८, बुधबार

    सुर्खेत अख्तियारमा शिक्षाका उजुरी बढी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷७६ मा कूल ९६३ उजुरी परेको र त्यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३११ ३३ प्रशितश उजुरी परेको उल्लेख छ । कूल...

  • २०७६ श्रावण ८, बुधबार

    यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

    रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम¬¬९एफएम९५।५ मेगाहर्ज० यात्रु र चालकको सहयोगी बन्दै गएको बताइएको छ । उक्त एफएमको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन यो एफएम यात्रु र...

  • २०७६ श्रावण ८, बुधबार

    अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्

    ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ । उहाँजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च...

  • २०७६ श्रावण ८, बुधबार

    मोफसलमा अनलाइन प्रणाली प्रभावकारी भएन

    पूँजी बजारका लागि अनलाइन प्रणाली फलदायी हुने विश्वास गरिए पनि मोफसलमा भने यसको प्रभावकारिता देखिएको छैन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुरुआती चरणमा केही लगानीकर्ताको अनलाइनमा अभ्यास भए पनि अधिकांश लगानीकर्ता जानकार नभएको यहाँको दलाल ब्रोकर कार्यालयले जनाएको छ । अनलाइन सेवा लिने धेरै लगानीकर्ता छन् तर प्रयोगमा ल्याउने केही सीमित लगानीकर्ता छन् । अनलाइनमा अभ्यस्त नभएका लगानीकर्तालाई भने...

  • २०७६ श्रावण ८, बुधबार

    क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

    चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो । समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न...

Pages