राष्ट्रिय
-
२०७६ श्रावण ७, मंगलबार
अविवाहित एकल महिलालाई भत्ता
सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने...
-
२०७६ श्रावण ७, मंगलबार
मन्त्री यादव पाइपलाइन निरीक्षणका लागि मोतिहारीतर्फ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गर्नुभएको छ । सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी र नेपाल आयल निगमका अधिकारी रहनुभएको छ । वीरगञ्जको अलौँस्थित एकीकृत जाँच चौकी ९आइसिपी० हुँदै भारततर्फ जाने क्रममा...
-
२०७६ श्रावण ७, मंगलबार
पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक रहेको बताउनुभएको छ । एकचालिसैं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा व्यास नगर कमिटीद्वारा आज दमौलीमा आयोजना गरिएको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलालको मार्गदर्शनलाई कम्युनिष्ट पार्टीले अवलम्बन गरेर अगाडि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ ।”...
-
२०७६ श्रावण ७, मंगलबार
चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन
बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले १।५ प्रतिशतसम्म सेवा शुल्क लिएको भन्दै उद्योगी तथा व्यवसायीले...
-
२०७६ श्रावण ६, सोमबार
देवघाटमा भक्तजनको भीड
पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको छ । पानीमा सम्भावित दुर्घटना रोक्नका लागि बोटेको उद्धार टोली तैनाथ गरिएको,...
-
२०७६ श्रावण ६, सोमबार
विज्ञापन विधेयक उपभोक्ताको हकहितमै छ ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सो विधेयक नेपालको विज्ञापन बजार व्यवस्थापन र उपभोक्ताको हकहितमा भएको बताउँदै समितिमै...
-
२०७६ श्रावण ६, सोमबार
न्यून बजेटले १४० खानेपानी आयोजना रोकिए
आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्रमुख...
-
२०७६ श्रावण ६, सोमबार
इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन
चियाका लागि प्रख्यात जिल्ला कुन हो उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो धेरैलाई लाग्न सक्छ, इलाम हो । पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार ८८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा छ हजार ५३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क...
-
२०७६ श्रावण ६, सोमबार
हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ...
-
२०७६ श्रावण ६, सोमबार
विकासनिर्माणमा कामपा बेखबर
काठमाडौँका तीन स्थानमा निर्माण भएका सडक केही समयमै उप्केको भनी महानगरपालिकामा उजुरी प¥यो । काठमाडौँ महानगरपालिकाका तीन फरकफरक वडामा भएका सडक निर्माणमा समस्या के थियो भन्ने बुझ्दा ती तीनै ठाउँमा कामपाले सडक निर्माण नगरेको पाइएको थियो । सङ्घीय सरकारले सडक निर्माण गरेको भए पनि कामपाभित्रको सडक भएकाले स्थानीयवासीले महानगरमा नै गुनासो गर्न आएका थिए । कामपाले गत आवमा महाराजगञ्ज, चाबहिललगायत स्थानमा...
-
२०७६ श्रावण ६, सोमबार
वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन
स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ । नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो ।कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ श्रावण ६, सोमबार
सूर्यमुखी खेतीबाट राम्रो उत्पादन भएपछि कृषक उत्साहित
पाल्पामा सूर्यमुखी खेतीबाट राम्रो उत्पादन लिन थालेपछि कृषक उत्साहित भएका छन् । निस्दी गाउँपालिका वडा नं ४ मित्याल मुढाबासका किसानले परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उक्त खेती गरेकामा पहिलोपटक राम्रो उत्पादन भएको हो । उक्त गाउँपालिकाको कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक पदम खाम्चाले बताउनुभयो । उहाँले सूर्यमुखीलाई...


