STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण ८, बुधबार

    दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

    कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक वर्षको बीमा गराएका हुन् । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध...

  • २०७६ श्रावण ८, बुधबार

    ‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’

    सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत्...

  • २०७६ श्रावण ७, मंगलबार

    मन्त्री यादव पाइपलाइन निरीक्षणका लागि मोतिहारीतर्फ

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गर्नुभएको छ । सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी र नेपाल आयल निगमका अधिकारी रहनुभएको छ । वीरगञ्जको अलौँस्थित एकीकृत जाँच चौकी ९आइसिपी० हुँदै भारततर्फ जाने क्रममा...

  • २०७६ श्रावण ७, मंगलबार

    पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक

    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक रहेको बताउनुभएको छ । एकचालिसैं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा व्यास नगर कमिटीद्वारा आज दमौलीमा आयोजना गरिएको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलालको मार्गदर्शनलाई कम्युनिष्ट पार्टीले अवलम्बन गरेर अगाडि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ ।”...

  • २०७६ श्रावण ७, मंगलबार

    चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

    बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले १।५ प्रतिशतसम्म सेवा शुल्क लिएको भन्दै उद्योगी तथा व्यवसायीले...

  • २०७६ श्रावण ७, मंगलबार

    अमेरिकामा नेपाल भ्रमण शुरु

    अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ । पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका...

  • २०७६ श्रावण ७, मंगलबार

    मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल ः मन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताउनुभएको हो । “देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ...

  • २०७६ श्रावण ७, मंगलबार

    प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो

    नेपाल घुम्न आउने पर्यटकको पहिलो भेट सुरक्षाकर्मीसँग हुन्छ । त्यसैले सुरक्षाकर्मीको व्यवहार पर्यटनमैत्री हुनुपर्छ । अतिथि देवोः भवः भने झैं आगन्तुकहरुलाई राम्रो स्वागत सत्कार तथा उचित सम्मानको वातावरण भयो भने पर्यटकहरु दोहो¥याएर नेपाल भ्रमण गर्न आउँछन् । अझ आफ्नै भाषामा कुरा गर्न पाइयो भने पर्यटकहरु झन् खुशी हुन्छन् । त्यसैले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत लक्ष्य गरेर त्रिभुवन अन्तरराष्ट्रिय...

  • २०७६ श्रावण ७, मंगलबार

    बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

    बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बुधबार दिउँसो...

  • २०७६ श्रावण ७, मंगलबार

    अज्ञात रोगबाट २१ बाख्रा मरे

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् । “भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्”, वडाध्यक्ष...

  • २०७६ श्रावण ७, मंगलबार

    बिचौलियालाई कार्यालय प्रवेशमा रोक

    जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो । सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार...

  • २०७६ श्रावण ७, मंगलबार

    अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

    जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो । आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ,...

Pages