राष्ट्रिय
-
२०७६ श्रावण ८, बुधबार
जोखिम बस्तीका व्यक्तिले जग्गा पाएनन्
सरकारले पहिचान गरेको धादिङका १० जोखिम बस्तीका मानिसमध्ये अझै पनि केहीले सरकारले उपलब्ध गराउने जग्गा नपाएपछि समस्यामा परेका छन् । जोखिम बस्ती पहिचान गरी उनीहरुलाई घर बनाउने जग्गा किन्न सरकारले पुनःनिर्माण प्राधिकरणमार्फत रु दुई लाख अनुदान सहयोग गर्ने नीतिअनुसार जोखिम बस्तीमा भएका घरमध्ये ३७ प्रतिशत मानिसले अझै पनि जग्गा किन्ने अनुदान रकम पाउन सकेका छैनन् । सार्नुपर्ने बस्तीका ३८८ घरपरिवारमध्ये २४५...
-
२०७६ श्रावण ८, बुधबार
लोकसेवाको विज्ञापनबारे सरकारको स्पष्ट दृष्टिकोण माग
लोकसेवा आयोगको पछिल्लो विज्ञापनको विषयलाई लिएर गरिएको आन्दोलनका बारेमा सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा सरकारको स्पष्ट धारणा माग गर्नुभएको छ । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेपछि संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल सो विज्ञापन भएको भन्दै...
-
२०७६ श्रावण ८, बुधबार
मार्तडी–कोल्टी सडक खुलेन
बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् । दैनिकरूपमा पानी पर्न थालेपछि...
-
२०७६ श्रावण ८, बुधबार
बाढीपहिरो, डुबानको पूर्वतयारी गर्न सांसदको माग
पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको सांसदहरुको भनाइ थियो । सांसद दिलकुमारी रावल थापा ९पार्वती०ले असार २६ गतेपछिको अविरल वर्षाले आएको...
-
२०७६ श्रावण ८, बुधबार
कमलमा जोन र पकेट विस्तार हुने
झापाको कमल गाउँपालिकाले कृषि क्षेत्रको व्यावसायिक विकासका लागि विभिन्न कृषि उपजको जोन र पकेट विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले चालू आर्थिक वर्षदेखि ‘अध्यक्ष कृषि पकेट कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रममार्फत कृषिमा आधुनिकीकरण गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषिको विकास कमल गाउँपालिका निकास’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई पहिलो...
-
२०७६ श्रावण ८, बुधबार
मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना
केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुतै पोखरेलले बताउनुभयो । “मनसुनी...
-
२०७६ श्रावण ८, बुधबार
दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा
कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक वर्षको बीमा गराएका हुन् । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध...
-
२०७६ श्रावण ८, बुधबार
‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’
सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत्...
-
२०७६ श्रावण ८, बुधबार
राजश्वमा उल्लेखनीय वृद्धि
आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ४२ लाख तीन हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख...
-
२०७६ श्रावण ८, बुधबार
केरूङ पास लिने १० हजार नाघे
नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ । यस्तोे परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ ।...
-
२०७६ श्रावण ८, बुधबार
नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका
नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री लिकाबस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक...
-
२०७६ श्रावण ८, बुधबार
सरकारी धर्मशाला व्यक्तिको कब्जामा
जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् । यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी...


