STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ २७, शुक्रबार

    डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द

    डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४...

  • २०७६ आषाढ २७, शुक्रबार

    विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

    मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् । विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ । भइपरि...

  • २०७६ आषाढ २७, शुक्रबार

    निस्दीलाई शिक्षा वर्षका रूपमा मनाइँदै

    पाल्पाको निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको छ । गत आर्थिक वर्षलाई सडक र चालू आर्थिक वर्षलाई कृषि वर्षको रूपमा मनाएको गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको हो । विकासका कामलाई निरन्तरता दिने क्रममा औसतमा हेर्दा पूर्वाधारमा रकम बढी देखिए पनि अन्य क्षेत्रको तुलनामा शिक्षामा लगानी गरी शिक्षा वर्षका रूपमा मनाउन लागिएको गाउँपालिका...

  • २०७६ आषाढ २७, शुक्रबार

    अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

    त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान रहेको...

  • २०७६ आषाढ २७, शुक्रबार

    घोराहीमा अर्को व्यवस्थित तरकारी बजार

    बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । तर बजार, जनसङ्ख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसकेपछि अर्को तरकारी बजार बन्न थालेको हो । बजारको चोक र गल्लीमा हुने तरकारी र फलफूलको व्यापारलाई व्यवस्थित पार्न अर्को...

  • २०७६ आषाढ २७, शुक्रबार

    उर्लियो हनुमन्ते, डुबान शरु, प्रशासनद्धारा उच्च सतर्कता

    अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।...

  • २०७६ आषाढ २७, शुक्रबार

    दुग्ध उत्पादक किसान उत्साहित

    महोत्तरी जिल्लाको औरही नगरपालिकाका दुुग्ध उत्पादक किसान अब पुरस्कृत हुने भएका छन् । नगरपालिकाको भर्खरै सम्पन्न चौथो नगरसभाले आपूmले पालेको गाई, भैँसीबाट दैनिक कम्तीमा आठ लिटर दूध उत्पादन गर्ने किसानलाई वर्षेनी रु २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नगरसभाको यो निर्णयले दुग्ध उत्पादक पशुपालक किसान उत्साहित भएका छन् । यो कार्यक्रम आउने नयाँ आर्थिक वर्ष २०७६÷७७ मै शुरु गरिने नगरप्रमुख...

  • २०७६ आषाढ २७, शुक्रबार

    बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित

    प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । आज ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच...

  • २०७६ आषाढ २७, शुक्रबार

    चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

    जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिनुभयो । कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार जिल्लामा अघिल्लो...

  • २०७६ आषाढ २७, शुक्रबार

    केही दिन अझै भारी वर्षा हुने

    न्यूनचापीय रेखा ९वर्षा गराउने वायु० नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले...

  • २०७६ आषाढ २७, शुक्रबार

    सिस्नेरी सडक अवरुद्ध

    हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ । यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–...

  • २०७६ आषाढ २७, शुक्रबार

    अविरल वर्षाका कारण १७ को मृत्यु, सात बेपत्ता

    अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी...

Pages