राष्ट्रिय
-
२०७६ आषाढ २८, शनिबार
बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब
लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो । अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र...
-
२०७६ आषाढ २७, शुक्रबार
निस्दीलाई शिक्षा वर्षका रूपमा मनाइँदै
पाल्पाको निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको छ । गत आर्थिक वर्षलाई सडक र चालू आर्थिक वर्षलाई कृषि वर्षको रूपमा मनाएको गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको हो । विकासका कामलाई निरन्तरता दिने क्रममा औसतमा हेर्दा पूर्वाधारमा रकम बढी देखिए पनि अन्य क्षेत्रको तुलनामा शिक्षामा लगानी गरी शिक्षा वर्षका रूपमा मनाउन लागिएको गाउँपालिका...
-
२०७६ आषाढ २७, शुक्रबार
अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान रहेको...
-
२०७६ आषाढ २७, शुक्रबार
घोराहीमा अर्को व्यवस्थित तरकारी बजार
बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । तर बजार, जनसङ्ख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसकेपछि अर्को तरकारी बजार बन्न थालेको हो । बजारको चोक र गल्लीमा हुने तरकारी र फलफूलको व्यापारलाई व्यवस्थित पार्न अर्को...
-
२०७६ आषाढ २७, शुक्रबार
उर्लियो हनुमन्ते, डुबान शरु, प्रशासनद्धारा उच्च सतर्कता
अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।...
-
२०७६ आषाढ २७, शुक्रबार
दुग्ध उत्पादक किसान उत्साहित
महोत्तरी जिल्लाको औरही नगरपालिकाका दुुग्ध उत्पादक किसान अब पुरस्कृत हुने भएका छन् । नगरपालिकाको भर्खरै सम्पन्न चौथो नगरसभाले आपूmले पालेको गाई, भैँसीबाट दैनिक कम्तीमा आठ लिटर दूध उत्पादन गर्ने किसानलाई वर्षेनी रु २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नगरसभाको यो निर्णयले दुग्ध उत्पादक पशुपालक किसान उत्साहित भएका छन् । यो कार्यक्रम आउने नयाँ आर्थिक वर्ष २०७६÷७७ मै शुरु गरिने नगरप्रमुख...
-
२०७६ आषाढ २७, शुक्रबार
बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । आज ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच...
-
२०७६ आषाढ २७, शुक्रबार
चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ
जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिनुभयो । कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार जिल्लामा अघिल्लो...
-
२०७६ आषाढ २७, शुक्रबार
केही दिन अझै भारी वर्षा हुने
न्यूनचापीय रेखा ९वर्षा गराउने वायु० नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले...
-
२०७६ आषाढ २७, शुक्रबार
सिस्नेरी सडक अवरुद्ध
हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ । यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–...
-
२०७६ आषाढ २७, शुक्रबार
अविरल वर्षाका कारण १७ को मृत्यु, सात बेपत्ता
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी...
-
२०७६ आषाढ २७, शुक्रबार
कृषिमन्त्री खनाल द्धारा कालीमाटी प्रयोगशालाको निरिक्षण
कालीमाटी स्थित तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयागशालाको निरिक्षण को लागि कृषिमन्त्री चक्रमाणि खनालले शुक्रबार निरिक्षण गरेका छन् । केहि समयदेखि भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी मिसाइएको थाहा पाएपछि विषादी परिक्षण गर्न थालिएको हो । यसबारे सरकाले निर्णय लिन पछि हटेपछि सरकार आलोचित भएको छ । तत्कालै सरकारसंग विषादी परिक्षण गर्ने पूर्वाधार नभएको बताएको छ । प्रयोगशालामा पुगेका...


