राष्ट्रिय
-
२०७६ आषाढ २७, शुक्रबार
नेपाललाई चलचित्र छायाङ्कन गन्तव्यका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधतासहित प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफँैमा सुन्दर चलचित्र झै भएकाले मुलुकलाई चलचित्र छायाङ्कन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले यहाँको वैभवतालाई अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगत्लाई आकृष्ट गरी चलचित्र छायाङ्कन गन्तव्यको रुपमा विकास गर्नसके पर्यटन प्रवद्र्धनमा मद्दत मिल्ने विश्वास व्यक्त...
-
२०७६ आषाढ २७, शुक्रबार
पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट
श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुग्नुभएको थियो । बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का...
-
२०७६ आषाढ २७, शुक्रबार
संसदीय पत्रकारिता तालीम शुरु
संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालीम रुपन्देहीमा आजदेखि शुरु भएको छ । मिडिया एक्शन नेपालको आयोजना र ‘अष्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालीममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालीममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा रामकृष्ण रेग्मीले संसद्मा छलफल हुने सबै विषयवस्तु मिडियाको मुख्य...
-
२०७६ आषाढ २७, शुक्रबार
विद्यार्थी मृत्यु प्रकरण ः प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर
कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका...
-
२०७६ आषाढ २७, शुक्रबार
अविरल वर्षाका कारण जनकपुर जलमग्न
अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी...
-
२०७६ आषाढ २६, बिहिबार
सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर बजार पठाउनुपर्ने
स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ । विभागले सर्वोच्च अदालत, संयुक्त इजलासको आदेश ०६९ डब्लुओ ०२१४ समेतको मुद्दामा २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी...
-
२०७६ आषाढ २६, बिहिबार
सङ्कटापन्न जातका माछा संरक्षणको अभियानमा नगरपालिका
डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान शुरु हुने भएको छ । डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान अगाडि बढाइने भएको हो । परशुराम नगरपालिका क्षेत्रभित्र पर्ने रङ्गुन खोला तथा जलाधार क्षेत्रमा सङ्काटापन्न जातको माछापालनलाई समुदायको जीविकोपार्जनसँगै जोड्दै संरक्षणको अभियान चलाइन लागेको नगरपालिका जनाएको छ । जथाभावी माछा...
-
२०७६ आषाढ २६, बिहिबार
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताउनुभयो । उहाँले बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट...
-
२०७६ आषाढ २६, बिहिबार
पर्यटकीय क्षेत्र दोमुखाको आकर्षणको केन्द्र बन्दै बाल उद्यान
पूर्वको प्रसिद्ध पर्यटकीयस्थल झापाको शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि मानिसको भीड लाग्ने गरेको यस पर्यटकीयस्थलमा बाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ । पवित्र कनकाई नदीको किनार साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी नगरपालिकास्थित वडा...
-
२०७६ आषाढ २६, बिहिबार
ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो
ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक प्रदेश नं ३ का प्रलेख अधिकृत ज्योति शर्माका अनुसार सन् २०१७ भित्र मानवअधिकार...
-
२०७६ आषाढ २६, बिहिबार
सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । “आउँदो माघ महीनाभित्र खानेपानी...
-
२०७६ आषाढ २६, बिहिबार
नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा...


