राष्ट्रिय
-
२०७६ आषाढ २५, बुधबार
व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन् । कार्यालयबाट...
-
२०७६ आषाढ २५, बुधबार
सिङ्गमर्मरको मल्टीकलरजस्तै विविधतायुक्त छ नेपाली समाज’– उपप्रधानमन्त्री पोखरेल
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तीकरणसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्छ...
-
२०७६ आषाढ २५, बुधबार
जग्गा रोक्का गरेर राजश्व उठाइने
आन्तरिक राजश्व कार्यालयले लामो समयदेखि कर÷राजश्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो । पटकपटक ताकेता गर्दा पनि अटेर गरेकाले कालोसूचीमा परेकाको जग्गासमेत रोक्का राख्न मालपोत कार्यालयमा पत्राचारका लागि तयारी भइरहेको कार्यालय...
-
२०७६ आषाढ २५, बुधबार
छ हजार नमूना परीक्षण
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ । गत ११ महीनामा ६ हजार ४६८ नमूना प्राप्त भएको र गत आवको ७३० बाँकी नमूनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा विषविज्ञान टक्सिकोलोजी मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कामु कार्यकारी अधिकृत...
-
२०७६ आषाढ २५, बुधबार
सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्छः मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्ने बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा उहाँले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा...
-
२०७६ आषाढ २५, बुधबार
कृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले हालै जल तथा मौसम विज्ञान...
-
२०७६ आषाढ २५, बुधबार
बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा
दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ । सोमबार र मङ्गलबार रातभरि परेको पानीले...
-
२०७६ आषाढ २५, बुधबार
जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा
यी गुफाहरु जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ । गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन् । दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए । अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन । बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन् । थाहा पाएका...
-
२०७६ आषाढ २५, बुधबार
घरघरमै पुगेर तरकारी बेच्नुपर्ने बाध्यता
नेपालमा भारतबाट वर्षेनी अर्बौंको तरकारी आयात हुने भन्ने समाचार कुनै नौलो विषय लाग्दैन । त्यहाँबाट आयातित तरकारीको मुलुकका सातवटै प्रदेशमा पुग्छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर साविक कर्णालीको हिमाली क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । यसरी तरकारी आयात भइरहँदा स्थानीयस्तरमा तरकारी नै उत्पादन नभएको भने होइन । केही परिमाणमा भए पनि किसानले स्वच्छ र प्राङ्गारिक तरकारी उत्पादन गरेकै पाइन्छ तर...
-
२०७६ आषाढ २५, बुधबार
बादी समुदायलाई व्यावसायिक तालीम
माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ । दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अब उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । एक महीनाको लामो होजियारी तालीम लिएर यहाँका बादी समुदाय अहिले...
-
२०७६ आषाढ २५, बुधबार
चाडपर्व खर्च कटौती नगर्न निवृत्त कर्मचारीको आग्रह
लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् । पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रसेवकको जोश र जागरलाई असर पुग्ने सक्नेतर्फ ध्यानकर्षण गराउँदै नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले त्यस्ता खर्च कटौती नगर्न आग्रह गरेको हो । सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल,...
-
२०७६ आषाढ २५, बुधबार
अतिविपन्नलाई सौर्य उपकरण वितरण
तनहुँको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण सोलार वितरण गरेको हो । अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । थापाका अनुसार...


