राष्ट्रिय
-
२०७६ जेठ २७, सोमबार
राष्ट्रियसभा बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै...
-
२०७६ जेठ २७, सोमबार
विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक– गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उहाँले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र...
-
२०७६ जेठ २७, सोमबार
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन आइएलओ को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री...
-
२०७६ जेठ २७, सोमबार
थातथलो खोसिने भएपछि तामाङ बस्तीका बासिन्दा बिचल्लीमा
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा ५० वर्र्षदेखि बसोबास गर्दै आएका रामबहादुर पाख्रिन अहिले घरबारविहीन हुने भयले रातदिन चिन्तामा डुबेका छन् । रामबहादुर पाख्रिनका बुबा भक्तबहादुर पाख्रिनले सिन्धुलीबाट बसाइँ सरेर २०२६ सालमा महोत्तरीको बर्दिबासमा आएर बसोबास गरेको थियो । बुबाको मृत्युपछि रामबहादुर आफैँ र निजका छोरा तथा नातिहरु प्नि बस्दै आएको घरजग्गा अरूको रहेको अचानक थाहा पाएपछि उनी छानोबाट...
-
२०७६ जेठ २७, सोमबार
गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भन्नुभयो, “गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।” मन्त्री...
-
२०७६ जेठ २७, सोमबार
मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित
मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई यौनका बारेमा शिक्षा दिने, महिनावारी महिलाको नियमति प्रक्रिया हो भनेर सबैलाई बुझाउने र...
-
२०७६ जेठ २७, सोमबार
पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण
बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघास्थित धार्मिक पर्यटकीय क्षेत्र उदय बुद्ध विहारमा पुग्ने पर्यटकहरुलाई लक्षित गरी आवश्यक पूर्वाधार निर्माण गरिएको छ । गलकोट क्षेत्रमा बुद्ध धर्मालम्बीको मुख्य स्थलका रुपम परिचित उदय रिघा बुद्ध विहारमा रु १२ लाख ५० हजारको लागतमा विभिन्न पूर्वाधार निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को सांसद देवेन्द्र पौडेलको क्षेत्र विकास कोषको रु १० लाख तथा गलकोट...
-
२०७६ जेठ २७, सोमबार
जलथलको जैविक विविधताको संरक्षण गरिने
जैविक विविधताले भरिपूर्ण झापाको जलथलस्थित सामुदायिक वनमा वन मिचाह प्रजातिले रैथाने वनस्पतिको विस्थापन शुरु गरेको छ । भद्रपुर नगरपालिका, बाह्रदशी, केचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक वन जैविक विविधताले महत्वपूर्ण देखिन्छ । यहाँ पहाडमा मात्र पाइने कटुस, चिलाउनेलगायत तराईमा पाइने विभिन्न प्रजातिका वनस्पति पाइन्छन् । ती वस्नपतिको प्याङ्ग्री लहरा, आलुपाते, लज्जावती, सत्यनाशी,...
-
२०७६ जेठ २७, सोमबार
लामबद्ध तवरले सवारीसाधन केरुङतर्फ
रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण गढी क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था गरिएको बताउनुभयो । ...
-
२०७६ जेठ २७, सोमबार
जलबिरे झरनामा रक क्लाइम्बिङको परीक्षण
पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताउनुभयो । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “यहाँ रक...
-
२०७६ जेठ २७, सोमबार
पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष
पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो । टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य शुरु गरेको थियो । विभागका पुरातत्व...
-
२०७६ जेठ २७, सोमबार
महानगरपालिका बनाउने गति सुस्त
नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको रु २५ लाख बजेट...


