STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २७, सोमबार

    पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष

    पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो ।  टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य शुरु गरेको थियो । विभागका पुरातत्व...

  • २०७६ जेठ २७, सोमबार

    महानगरपालिका बनाउने गति सुस्त

    नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको  सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ ।  महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ ।     महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको रु २५ लाख बजेट...

  • २०७६ जेठ २७, सोमबार

    चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत

    चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ...

  • २०७६ जेठ २७, सोमबार

    गुठी विधेयक फिर्ता लिन माग

    प्रतिनिधिसभाको आजको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गर्नुभएको छ ।  सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोध जनाउनुभएको थियो ।    त्यसपछि सभामुख महराले...

  • २०७६ जेठ २७, सोमबार

    जैविक विविधताबारे अन्तरक्रिया

    झापाको जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्टताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार जिल्लाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । एक्सनले व्यवस्थापन गरेको...

  • २०७६ जेठ २७, सोमबार

    रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

    पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो  आयोजना शुरु गरिएको होे ।  कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । “नदी...

  • २०७६ जेठ २७, सोमबार

    सिञ्जा ऐनसहित पूर्वाधारको माग

    कर्णाली प्रदेशको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा पुगेको छ । प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन थालेको गुरुयोजनाको योजना तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा पुगेको हो । प्रदेशको एकीकृत पञ्चवर्षीय पर्यटन योजना तर्जुमा कार्यक्रमका लागि जैविक विविधता विज्ञ डा रोशन शेरचन, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायासहितको...

  • २०७६ जेठ २७, सोमबार

    लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न, स्टेशनरी सामान वितरण

    कोही भोका नरहुन भन्ने लक्ष्य बोकी लायन्स अन्तर्राष्ट्रिय व्यापी कार्यक्रम अन्तर्गत संचालित लायन्स तथा लियो क्लब चाबहिल सिटीको आयोजनामा सफलता एच। आई। भी। शिक्षा सदन कीर्तिपुरमा विद्यार्थीहरुका लागि खाद्यान्न र स्टेशनरीका सामानहरु कार्यक्रमका प्रमुख अतिथी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ब्द्द का गभर्नर सुदर्सनधर प्रधानाङ्गले हस्तातरण गर्नुभयो । सन् द्दण्ज्ञज्ञ देखि एच। आई। भी। सक्रमित...

  • २०७६ जेठ २७, सोमबार

    दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने

    नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।  संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको...

  • २०७६ जेठ २७, सोमबार

    स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन

    प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।   समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदैँ विज्ञापन तत्काल रद्द गर्न गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको हो । यसअघि बैठकमा सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री...

  • २०७६ जेठ २७, सोमबार

    ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन

    धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र गुमनाम बनेको छ । पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पर्छ । यही...

  • २०७६ जेठ २७, सोमबार

    देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो...

Pages