STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २१, मंगलबार

    टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन बेपत्ता 

    मैलुङ–स्याँफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।  दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । दुई जनाको घटनास्थलमा तथा एक जनाको...

  • २०७६ जेठ २१, मंगलबार

    हावाले छाना उडाएपछि आँखा उपचार सेवा बन्द

    हावाले आँखा उपचार केन्द्रको छाना उडाएपछि करीब दुई हप्तादेखि आँखा उपचार सेवा ठप्प भएको छ । सिस्ने गाउँपालिका–५ स्थित टाकुरामा रहेको आँखा उपचार केन्द्रको छाना जेठ १० गते हावाले उडाएपछि उक्त केन्द्र बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।हावाहुरीले भवनको टिनको छाना उडाएपछि त्यस दिनबाट आँखा उपचार केन्द्रको सेवा बन्द भएको कार्यालय प्रखुम विष्णु खनालले बताउनुभयो । “निरन्तर नागरिकको सेवामा लागिरहेका...

  • २०७६ जेठ २१, मंगलबार

    प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत

    उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो । सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा पवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा साह, नर्स छवित्रा...

  • २०७६ जेठ २१, मंगलबार

    यलम्बरको शालिकसहितको उद्यान निर्माण शुरु

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा यलम्बरको पूर्णकदको प्रतिमा शालिक सहितको व्यवस्थित उद्यान निर्माण शुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो यलम्बरको शालिकसहित व्यवस्थित तथा आधुनिक उद्यन निर्माण शुरु गरिएको हो ।   किरात समुदायको इतिहास संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा सो उद्यान निर्माण शुरु गरिएको नगरप्रमुख...

  • २०७६ जेठ २१, मंगलबार

    शालिग्रामको अस्तित्व मेटिने चिन्ता

    कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लाग्नुभएका डा कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताउनुभयो । हिन्दूधर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड...

  • २०७६ जेठ २१, मंगलबार

    एचआइभी सङ्क्रमितको मृत्युदर घट्दै गएको अनुमान

    औषधिको नियमित प्रयोग र रोगप्रतिको सचेतनाका कारण कञ्चनपुरमा एचआइभी एड्स सङ्क्रमितहरुको मृत्युदर घट्दै गइरहेको छ ।  कञ्चनपुरमा २०६३ सालयता १२० जना एचआइभी सङ्क्रमितको मृत्यु भइसकेको छ ।  महाकाली अञ्चल अस्पतालको ‘एआरटी’ शाखामा हालसम्म महिला, पुरुष र बालबालिका गरी ५०९ सङ्क्रमितहरु सम्र्पकमा आएको अञ्चल अस्पतालले जनाएको छ । “औषधिको नयाँ नयाँ आविष्कार, सङ्क्रमितहरुको नियमित औषधि सेवन र स्याहारका कारण...

  • २०७६ जेठ २१, मंगलबार

    यलम्बर सांस्कृतिक कार्यक्रम हुने

    नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा किराँती नव–सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली साकेला का अवसरमा सांस्कृतिक संस्थानमा यलम्बर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । केन्द्रले यही जेठ २९ गते यलम्बर सांस्कृतिक विशेष कार्यक्रमका अवसरमा रु दुई लाख १० हजार राशिसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘यलम्बर सांस्कृतिक सम्मान’बाट सम्मान गर्ने जनाएको छ । यस्तै रु ३० हजार राशिको...

  • २०७६ जेठ २१, मंगलबार

    अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार...

  • २०७६ जेठ २१, मंगलबार

    मुख्यमन्त्रीद्वारा शुभकामना

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने...

  • २०७६ जेठ २१, मंगलबार

    थप दुई बु्रमर ल्याउँदै कामपा

    काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर यान्त्रिक कुचो ल्याउने भएको छ ।गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो । ढिलोमा आगामी हप्तामा काठमाडौँ आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८।६ मिटर र चौडाइ ३।५ मिटर छ ।...

  • २०७६ जेठ २१, मंगलबार

    आमाछोरा उपचारबाट वञ्चित

    बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् । तुलसा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ भने उहाँको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ । दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले...

  • २०७६ जेठ २१, मंगलबार

    दश हजार जनसङ्ख्यामा एक कुष्ठरोगी

    सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एक कुष्ठरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठरोग निवारण नभएको जनाएको छ । नेपालमा कुष्ठरोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका सबै जिल्लामा कुष्ठरोगीको...

Pages