राष्ट्रिय
-
२०७६ जेठ २१, मंगलबार
दश हजार जनसङ्ख्यामा एक कुष्ठरोगी
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा एक कुष्ठरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कैलाली, कञ्चनपुर र अछाम जिल्लामा अझै कुष्ठरोग निवारण नभएको जनाएको छ । नेपालमा कुष्ठरोग निवारणको घोषणा १० वर्ष पुगे पनि सुदूरपश्चिम प्रदेशमा अझै निवारण नभएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका सबै जिल्लामा कुष्ठरोगीको...
-
२०७६ जेठ २१, मंगलबार
आमाछोरा उपचारबाट वञ्चित
बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् । तुलसा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ भने उहाँको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ । दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले...
-
२०७६ जेठ २१, मंगलबार
राष्ट्रपति भण्डारी नेपालगञ्जमा
राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आइपुग्नुभएको छ । उहाँ अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा आइपुग्नुभएको राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बस्नुभएको छ । साँझ साढे ५ बजे यहाँस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी...
-
२०७६ जेठ २१, मंगलबार
मिथिलामा बरसाइत पर्व
महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत वटसावित्री पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता समापन गरेका हुन् । सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ कृष्ण औंशीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा उक्त दिन अटल सौभाग्यको कामनाका साथ यो पर्व मनाउने परम्परा...
-
२०७६ जेठ २१, मंगलबार
प्रेस नियन्त्रणसम्बन्धी बुँदा परिमार्जन गर्नुपर्छः अध्यक्ष श्रेष्ठ
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले सञ्चार क्षेत्रमा नियन्त्रण गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन नहुने बताउनुभएको छ । रासससँग आज कुरा गर्दै उहाँले सरकारले राष्ट्रियसभामा पेश गरेको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने गरी आएको बुँदालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय समाचारमा आएजस्तो सरकारले ल्याएको विधेयकमा रु २५ हजारदेखि रु एक लाखसम्म जरिवाना...
-
२०७६ जेठ २१, मंगलबार
संरक्षित वनलाई एक करोड ४० लाख
जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ । विनियोजित बजेटले समुदायस्तरमा आत्मनिर्भर बनाउने खालका काम गरिरहेको डिभिजन वन कार्यालयका डिभिजनल...
-
२०७६ जेठ २१, मंगलबार
बिरामी अन्यत्र पठाए अस्पताललाई जरिवाना
प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिनुभयो । सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहँुदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच...
-
२०७६ जेठ २१, मंगलबार
दुर्गममा अझै पुगेन पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन । किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा...
-
२०७६ जेठ २१, मंगलबार
मौलिकतामा ‘लिम्बूनी’
शिरमा शिरफूल, निधारमा शिरबन्दी, नाकमा ढुङ्ग्री र मुन्द्री, कानमा चेप्टेसुन । त्यस्तै पहिरनमा गलामा ढाकाको मेख्ली, छातीको एकातिर अल्झिएको सिलामसाक्मा, हातमा पाही र पाउमा कल्ली । यो वेषभूषाले सहजै अनुमान लाउन सकिन्छ– यी खाट्टी ‘लिम्बूनी’ हुन् ।पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यो पहिरन आधुनिकताको सिको गर्ने नयाँ पुस्ताका युवतीका लागि झन्झटिलो छ । तर लिम्बू बाहुल्य जिल्ला...
-
२०७६ जेठ २१, मंगलबार
दायरा बढाउँदै कृषि विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो ।विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ ।...
-
२०७६ जेठ २०, सोमबार
स्वर्गद्धारीको शाखा मन्दिरको संरक्षण शुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र मङ्गला गाउँपालिका–१ को सिमानामा रहेको धार्मिकस्थल स्वर्गद्धारी शाखा मन्दिरको संरक्षण शुरु भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तीर्थयात्री निवास र गौशालाको संरक्षणका लागि तारबार गर्न थालेको छ । प्युठानको स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख ...
-
२०७६ जेठ २०, सोमबार
अलपत्र बहुद्देश्यीय कर्वडहल नगरपालिकाले बनाउँदै
बजेट अभावमा अलपत्र बनेको दिक्तेलको माटिकोरेस्थित बहुद्देश्यीय कवर्डहल पुनःनिर्माण थालिएको छ । बजेट अभावमा आठ वर्षदेखि अलपत्र बनेको उक्त कवर्डहल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा पुनःनिर्माण थालिएको हो । विसं २०६८ मा उक्त हल निर्माण थालिएकामा रकम अभाव भएपछि अलपत्र बनेको थियो तर उक्त नगरपालिकाले हाल रु ७५ लाख बजेट उपलब्ध गराएकाले काम अघि बढेको हो । एकासी फिट लम्बाइ, ५७ चौडाइ फिट र ३५...


