STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २०, सोमबार

    स्वर्गद्धारीको शाखा मन्दिरको संरक्षण शुरु

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र मङ्गला गाउँपालिका–१ को सिमानामा रहेको धार्मिकस्थल स्वर्गद्धारी शाखा मन्दिरको संरक्षण शुरु भएको छ ।  रघुगङ्गा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तीर्थयात्री निवास र गौशालाको संरक्षणका लागि तारबार गर्न थालेको छ ।  प्युठानको स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख  ...

  • २०७६ जेठ २०, सोमबार

    इन्डोनेसियामा भूकम्प

    इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६।० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ...

  • २०७६ जेठ २०, सोमबार

    मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।    मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ । निकै  ...

  • २०७६ जेठ २०, सोमबार

    उपसभापति निधि डेनमार्क प्रस्थान

    नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।   डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी डीआइपीडी को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  त्यस क्रममा उहाँले त्यहाँका...

  • २०७६ जेठ २०, सोमबार

    पर्यटकीय गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

    विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।  विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको रु १९ करोड लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने...

  • २०७६ जेठ २०, सोमबार

    मिथिलानी वरसाइत् पर्व मनाउँदै

    मिथिलाका विवाहित महिलाले वरसाइत् वटसावित्री पर्व धुमधामका साथ मनाइरहेका छन् । जेठ औँशीका दिन आज सोमबार अटल शौभाग्यको कामना गर्दै विवाहित मिथिलानी मिथिलाका महिला आज व्रत बसेका हुन् । यो पर्व अब भोलि बिहान सूर्योदयसँगै समापन गरिनेछ ।   सत्ययुगमा सति सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँशीका दिन अटल शौभाग्यको वरदान पाएकी विश्वासका आधारमा यो पर्व मनाउने गरेको मैथिल परम्परा छ । जेठ कृष्ण...

  • २०७६ जेठ २०, सोमबार

    मिथिलाञ्चलमा वरपूजा

    मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ...

  • २०७६ जेठ २०, सोमबार

    समाजले स्वीकार गरेन तेस्रोलिङ्गीलाई 

    परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो ।  सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि...

  • २०७६ जेठ २०, सोमबार

    नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने...

  • २०७६ जेठ २०, सोमबार

    बजेट सच्याउन सांसदको माग

    प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताउनुभएको छ । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट त्रुटिपूर्ण भएको उहाँले बताउनुभयो ।   डा रिजालले आर्थिक वर्ष २०७६÷०७७ का लागि पेश भएको बजेट पुस्तिकाको दफा ‘क,’ ‘ख’ ‘ग’ र ‘ङ’ तथा अनुसूची २ मा उल्लेख भएको बजेट त्रुटिपूर्ण भएकाले...

  • २०७६ जेठ २०, सोमबार

    मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

    प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।  चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी...

  • २०७६ जेठ २०, सोमबार

    प्रअलाई मातृभाषा सिकाइँदै

    पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले  गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो ।  भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती...

Pages