राष्ट्रिय
-
२०७६ जेठ १९, आइतबार
वृक्षरोपण
सामुदायिक वन उपभोक्ता महासङ्घको २४औँ स्थापना दिवसको उपलक्ष्यमा छहरेपानी सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ अर्मलामा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, पोखरा नगर, जिल्ला डिभिजन वन कार्यालयद्वारा संयुक्तरूपमा आयोजित वृक्षरोपन कार्यक्रममा ५०० तेजपातका बिरुवा रोपिएको थियो । उक्त बिरुवा जिल्ला डिभिजन वन कार्यालयबाट निःशुल्क रुपमा उपलब्ध गराइएको...
-
२०७६ जेठ १९, आइतबार
देवकोटाको खण्डकाव्यको विमोचन
मोफसलका कवि आरके देवकोटाद्वारा लिखित खण्डकाव्य ‘भूत, भविष्य, वर्तमान’ बजारमा आएको छ । कवि देवकोटाको सो पहिलो कृति भेरी साहित्य समाज जिल्ला समितिले प्रकाशन गरेको हो । उक्त कृतिमा नेपाली समाजको परम्परागत जीवनशैली, आधुनिक जीवनशैली र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे चित्रण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा कथाकार सनत रेग्मीले सो कृति लोकार्पण गर्दै नेपाली साहित्यलाई...
-
२०७६ जेठ १९, आइतबार
‘संस्कृतले शुद्धता र स्पष्टताको ज्ञान दिन्छ’
जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताउनुभएको छ । शनिबार जीयर शैक्षिक संस्था नेपाल र नेपाल विकास तरङ्गिणीले संयुक्त रूपमा आयोजना गरेको ‘आधुनिक विषयका साथ संस्कृत शिक्षा अनिवार्य किन रु’ विषयक अन्तरक्रिया कार्यक्रममा डा पोखरेलले संस्कृतले...
-
२०७६ जेठ १९, आइतबार
वार्षिक अङ्कमा तलमाथि परेको छैन ः अर्थमन्त्री डा खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उहाँले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “उपकरणले...
-
२०७६ जेठ १९, आइतबार
इतिहास नमेटाउन माग गर्दै ज्ञापनपत्र
समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् । विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र यहाँ आउँदा सिमेन्टको कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरिएको थियो । सोही स्तम्भ जीर्ण भएको भन्दै गाउँपालिकाले भत्काएर नयाँ बनाउन लागेपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् ।...
-
२०७६ जेठ १९, आइतबार
पातका टपरी हराउन थाले
सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया छ कति कति, नलाग पछि हल्लैको कुलेन्द्र विश्वकर्मा र विष्णु माझी बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल यहाँ घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र दुना अहिले प्रायः देख्न नपाइने भइसकेको छ । प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले...
-
२०७६ जेठ १९, आइतबार
दुग्ध दिवसमा कृषक र पत्रकार सम्मानित
विश्व दुग्ध दिवसको अवसरमा पोखरामा शनिबार कृषक र सञ्चारकर्मी सम्मानित भएका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले पोखरामा क्रियाशील युवा पत्रकार सन्देश श्रेष्ठलाई नगद रु ११ हजार १११ तथा सम्मानपत्रसहित सम्मान गरेको हो । नागरिक दैनिकमा कार्यरत श्रेष्ठले किसानको पक्षमा कलम चलाएर कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गरेकाले सम्मान गरिएको समाजका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले...
-
२०७६ जेठ १९, आइतबार
सम्पदा उत्खनन ः ढुङ्गाको गारो भेटियो
पाँचखाल नगरपालिकास्थित लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खननका क्रममा ढुङ्गाको गारो भेटिएको छ । पुरातत्व विभागको एक टोलीले पाँचखाल नपा–७ श्रीरामपाटीस्थित दरबार क्षेत्र भनिएको स्थानमा वैशाख १५ गतेदेखि उत्खनन कार्य शुरु गरिएको छ । उत्खननका क्रममा २४ इन्चका गारो भेटिएको हो । विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले उत्खननका क्रममा ढुङ्गाको गारोको केही भाग भेटिएको जानकारी दिनुभयो । उहाँले...
-
२०७६ जेठ १९, आइतबार
जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।” मन्त्री अर्यालले भष्टाचार बढी हुने भएर नापी र मालपोत कार्यालयका...
-
२०७६ जेठ १९, आइतबार
अपाङ्ता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित
पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण...
-
२०७६ जेठ १९, आइतबार
नेपाल चलचित्र कलाकार सघंको २५ गते निर्वाचन हुने
नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत तीन महिना अगाडि नै हुने भनि तोकिएको संघको साधारण सभा र चुनाव एक पक्षले संघमा सदस्यता वितरण गर्दा अनियमितता भयो भनि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछी स्थगित भएको थियो । त्यसपछी उजुरी उपर छानबिन...
-
२०७६ जेठ १९, आइतबार
चार देशका टुर व्यवसायीबीच छलफल
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गणतव्य बनाउने उद्देश्यले पहिलोपकट बिजनेस टु बिजनेस बिटुबी व्यवसायीक छलफल आज यहाँ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बिटुबीको माध्यमबाट पोखरालगायत...


