STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १९, आइतबार

    दलित आयोग गठन गर्न माग

    कर्णालीका जनप्रतिनिधिले दलित आयोग गठन गर्न माग गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित दलित मानवअधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णालीका जनप्रतिनिधिले कर्णालीमा दलित आयोग गठन गर्न माग गरेका हुन् । प्रदेशको कूल जनसङ्ख्यामध्ये २४ प्रतिशत दलित समुदायको बसोबास रहेकाले प्रदेशस्तरीय दलित आयोग गठन गर्नु आवश्यक रहेको कर्णाली प्रदेशसभाका सदस्य रातो कामीले...

  • २०७६ जेठ १९, आइतबार

    विद्युतीय नागरिक बडापत्र सञ्चालनमा

    जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन् । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विद्युतीय नागरिक वडापत्रको उद्घाटन गर्दै कुनै कुरा बुझ्नका लागि नागरिकले...

  • २०७६ जेठ १९, आइतबार

    किसानको रोजाइ पावर टिलर

    विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ ।  कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो, उपयोगी, सहज तथा सस्तो र किफायति हुने भएकाले हिजोआज किसानको पहिलो रोजाइ पावर टिलर ट्याक्टर हुन...

  • २०७६ जेठ १७, शुक्रबार

    बालिका खजुमलाई सहयोग गर्न कोष खडा

    दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ । पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरुको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताउनुभयो । यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्वमा तथा...

  • २०७६ जेठ १७, शुक्रबार

    धरानमा डेङ्गुको महामारी

    धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् ।   डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार...

  • २०७६ जेठ १७, शुक्रबार

    नगरपालिकालाई भौतिक संरचना हस्तान्तरण

    नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका– ४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो । धार्मिक तथा पर्यटनको महत्वसमेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको रु...

  • २०७६ जेठ १७, शुक्रबार

    राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न

    ‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री...

  • २०७६ जेठ १७, शुक्रबार

    आँखा पाक्ने रोगको महामारी

    जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या...

  • २०७६ जेठ १७, शुक्रबार

    विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छ ः मुख्यमन्त्री राई

    प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय योजना आयोगले तयार पारेको आधारपत्रसँग प्रदेश तथा स्थानीय तहको तालमेल गराउन सके विकासले गति लिनसक्ने सहभागीहरूले जनाएका छन् । मुख्यमन्त्री शेरधन राईले बैठक शुभारम्भ गर्दै...

  • २०७६ जेठ १७, शुक्रबार

    पाँच प्रहरी अधिकृत पुरस्कृत

    नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही रु दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब...

  • २०७६ जेठ १७, शुक्रबार

    हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर

    झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो । केही दिनयता...

  • २०७६ जेठ १७, शुक्रबार

    पर्वतारोहीद्वारा विद्यालय भवन निर्माण

    दुई बेलायती पर्वतारोहीले भूकम्पबाट प्रभावित मकवानपुरका तीन वटा विद्यालयमा भवन निर्माण गरेको छ ।  पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा दुई÷दुई कोठे भवन निर्माण गरिएको हो ।  बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो...

Pages