राष्ट्रिय
-
२०७६ जेठ १७, शुक्रबार
भेटियो २५० वर्ष पुरानो दमाहा
म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी साइलो को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो । “मैले यस क्षेत्रमा...
-
२०७६ जेठ १७, शुक्रबार
बाजुराका पर्यटकीय ताल सङ्कटमा
जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक र पर्यटकीय महत्वका तालहरु संरक्षणको अभावमा सङ्कटमा परेका छन् । पर्यटकीय ताल छेडेदह र बुढीनन्दासहितका दर्जन बढी तालको अस्तित्व खतरामा परेको छ । पर्यटकलाई मोहनी लगाउने ती तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि जिल्लामा रहेका सुन्दरताको अस्तित्व खतरामा पर्दै गएका छन् । खप्तड छेडेदह गाउँपालिका–७ का स्थानीय गोरख रावतले भन्नुभयो, “तालमा आवश्यक...
-
२०७६ जेठ १७, शुक्रबार
आलुको सत्यनाश
हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो रूखको छहारीमुनि बित्ने गरेको हो । वर्षा शुरु हुनुपूर्व पाखोबारीको सबै आलु उकेर्ने दमेकको नेपानेका भीमबहादुर थापा क्षेत्रीलाई अहिले भने फुर्सद नै फुर्सद छ । उहाँ जस्तै उहाँको परिवारका कसैलाई पनि कामको चटारो छैन् ।...
-
२०७६ जेठ १७, शुक्रबार
राजश्व सङ्कलन
पोखरा महानगरपालिका–१७ ले ११ महीनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजश्व सङ्कलन गरेको छ ।महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको हो । घर नक्सा दस्तुर र अन्य सिफारिशबाट रू एक करोड ७१ लाख ६८ हजार २४५, र भूमि करबाट रू ५८ लाख ९० हजार प्राप्त भएको वडाध्यक्ष तीर्थ अधिकारीले यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो । स्थानीय तहको...
-
२०७६ जेठ १७, शुक्रबार
गाउँपालिका भवनको शिलान्यास
पाँच दाताले निःशुल्क दान गरेको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ । भवनको बिहीबार शिलान्यास गरिएको छ । रु तीन करोड ९० लाख ७९ हजार ३०० मा हल्दिवारी–५ स्थित धनुषपोखरी नजिकै दाताले प्रदान गरेको एक बिघा नौ कठ्ठा जमीनमा निर्माण हुनलागेको गाउँपालिका भवनको शिलान्यास स्थानीय जनप्रतिनिधिले नै गरेका थिए । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले आगामी चैतसम्ममा निर्माणकार्य सम्पन्न...
-
२०७६ जेठ १७, शुक्रबार
बजेट विश्लेषण स् लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷७७ का लागि बुधबार मुलुकको आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । गत वर्ष बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रहेको थियो । बजेट आएपछि यस बजेटका राम्रा–नराम्रा पक्षबारे विभिन्न चर्चा÷परिचर्चा भइरहेका छन् भने वितरणमुखी भनी परम्परागत धर्म निर्वाह गर्ने खालका...
-
२०७६ जेठ १७, शुक्रबार
योगशिक्षालाई विद्यालयस्तरमा राखिने
योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिनुभयो । “नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो । नेपालमा चार वर्षदेखि राष्ट्रिय र...
-
२०७६ जेठ १७, शुक्रबार
लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला
समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ पाठेघर खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण...
-
२०७६ जेठ १६, बिहिबार
प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन’
वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले भन्नुभयो । श्रम, रोजगार तथा...
-
२०७६ जेठ १६, बिहिबार
बाँकेका एक हजार ८३२ ले रोजगार पाउने
सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५÷७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ । जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर...
-
२०७६ जेठ १६, बिहिबार
आगमी तीन दिनसम्म मौसम परिवर्तन हुने
पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु...
-
२०७६ जेठ १६, बिहिबार
बजेटप्रति डोल्पाली असन्तुष्ट
सरकारले ल्याएको आव २०७६÷०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाइ झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् । यसअघि नै दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिसके पनि पुनःदुनैसम्म सडक सञ्जाल बिस्तार गर्ने भन्दै अन्य विकासमा नयाँ बजेटले...


