STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १७, शुक्रबार

    बालबालिकालाई सहयोग

    गणतन्त्र दिवसको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नौलो घुम्ती नेपालको आयोजना तथा विद्यालयको सहकार्यमा विद्यालयमा अध्ययनरत अतिविपन्न ४१ विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको हो । वितरण कार्यक्रममा नौलो...

  • २०७६ जेठ १७, शुक्रबार

    बीमा दावी गर्न चोरीको नाटक गर्ने पक्राउ

    बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनले गत जेठ ८ गते राति पसल चोरी भएको बताएका थिए । हेटौँडाको व्यस्त बजार...

  • २०७६ जेठ १७, शुक्रबार

    मनकामना मन्दिरमा भारतीय भक्तजनको भीड

    गोर्खाको मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरु आधाभन्दा बढी भारतीय भक्तजन हुन थालेका छन् । भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटकहरु बढेसँगै मनकामना मन्दिर भारतीय पर्यटकले भरिएको हो । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरिधारी सापकोटाका अनुसार यो महीना शुरु भए यता मनकामना आउनेमा आधाभन्दा बढी भारतीय भक्तजन आउन थालेका हुन । मन्दिरमा दर्शन गर्न दैनिक ६÷७ हजार हाराहारी भक्तजन आउने...

  • २०७६ जेठ १७, शुक्रबार

    १७० आमालाई कुखुरा

    आमा र बच्चाको स्वस्थ्यका लागि जिल्लाको चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरुलाई पोथी कुखुरा प्रदान गरिएको हो । आमा र बच्चाको पोषणका लागि वडा नं १, २, ३ र ८ का ती आमालाई पोषणको व्यवस्थाका लागि छ हप्ताका कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण योजनाका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी...

  • २०७६ जेठ १७, शुक्रबार

    आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर उडान

    काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । रुम्जाटार विमानस्थल...

  • २०७६ जेठ १७, शुक्रबार

    आफ्नै भवनमा नगरपालिका

    हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा सरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको करीब दुई वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको हो । वडा नं ५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहीबारदेखि कामकाज थालिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । स्थानीयवासीले निःशुल्क दिएको जग्गामा रु ७० लाखभन्दा बढी खर्चमा ‘एल’ आकारको १५ कोठे भवन निर्माण गरिएको हो । नगरपालिकाको कार्यालय भवन...

  • २०७६ जेठ १७, शुक्रबार

    खोटाङमा साकेलाको रौनक

    किरात समुदायको महान् चाड साकेला उभौली का अवसरमा अहिले खोटाङमा वेग्लै रौनक छाएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महीना दिनसम्म मनाउने पर्व हो साकेला उभौली ।् साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा...

  • २०७६ जेठ १७, शुक्रबार

    गाडी खरीदमा रु साढे तीन करोड खर्च

    दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ ।  स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ ।    खरीद गरिएको २९ वटा गाडीमध्ये पाँच वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएको छ भने अन्य...

  • २०७६ जेठ १७, शुक्रबार

    बजेट ः ‘दलितमैत्री भएन’

    आर्थिक वर्ष २०७६÷७७ को बजेट दलित समुदायमैत्री हुन नसकेको दलित समुदायका नेता र अधिकारकर्मीले विचार व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ ले संविधानमा उल्लेख हकअनुसार दलित समुदायलाई समेट्न नसकेको उनीहरुको टिप्पणी छ ।    संविधानको मौलिक हकमा सुनिश्चित गरिएको दलितका लागि शिक्षा, स्वास्थ्य, भूमि, आवास र परम्परागत सीप...

  • २०७६ जेठ १७, शुक्रबार

    प्रहरी उपरीक्षक भट्टलाई नागरिक सम्मान

    नेपाल प्रहरीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई पश्चिम नवलपरासीमा नागरिक सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रमुखका रूपमा कार्यरत रहँदा जिल्लामा शान्तिसुरक्षा र अमनचैन राख्न सफल भएको भन्दै आज बिहान एक समारोहमा ागरिक समाजले उहाँलाई सम्मान गरेको हो । प्रहरी उपरीक्षक भट्ट पश्चिम नवलपरासी प्रहरी प्रमुखका रूपमा एक वर्ष एक महीनाको कार्यकालपश्चात् प्रहरी प्रधान कार्यालय...

  • २०७६ जेठ १७, शुक्रबार

    धनुष आकारमा गाउँपालिका भवन बन्दै

    झापा हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ ।  जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो । स्थानीयवासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा रु तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सो भवन निर्माण हुन लागेको हो ।  हल्दिबारी–५ स्थित निर्माण हुन लागेको सो भवनसंगै ऐतिहासिक धनुष पोखरी रहेको छ । ऐतिहासिक धनुष पोखरीको पहिचान स्थापित गर्ने उद्देश्यले...

  • २०७६ जेठ १७, शुक्रबार

    सुत्केरीलाई भत्ता

    तुलसीपुर उपमहानगरपालिकाले हालसम्म दुई हजार ७२६ जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७४ असोजदेखि सुत्केरी मत्ता वितरण शुरु गरेको थियो । जसबाट हालसम्म करीब ८४ लाख बजेट प्रयोग भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि सुत्केरी भत्ता वितरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै चालू आवमा ११५ किशोरीलाई आत्मरक्षा तालीम दिइएको...

Pages