राष्ट्रिय
-
२०७६ जेठ १६, बिहिबार
प्रधानमन्त्री ओली भारत प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ,...
-
२०७६ जेठ १६, बिहिबार
तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन
बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ । किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको हो । वरपरका विद्यार्थी सङ्ख्या न्यून भएका...
-
२०७६ जेठ १६, बिहिबार
दुर्गममा कर्मचारी आउँदैनन्, चिठ्ठी मात्र आउँछ
बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आआफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । मन्त्रालयबाट कर्मचारी खटाइएको पत्र पठाइएको भए पनि कर्मचारी कार्यालयसम्म पुग्दैनन् । जयपृथ्वी नगरपालिकाके प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ जेठ १६, बिहिबार
पाइप खरीदपछि अलमलमा खानेपानी आयोजना
राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३÷७४ को अन्त्यतिर पाइप खरीद गर्न बोलपत्र आह्वान गरेको थियो । पाइप खरीद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अगाडि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इञ्जिनीयर आशिष कार्कीले बताउनुभयो...
-
२०७६ जेठ १६, बिहिबार
निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा
नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद छैटौँ संशोधन नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागार्इंले राससलाई जानकारी दिनुभयो । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दैै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् । व्यवसायीले आ–...
-
२०७६ जेठ १६, बिहिबार
पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष...
-
२०७६ जेठ १६, बिहिबार
नेपाली भएर सगरमाथा चढेका छैनाँैभन्दा मुटुमा बिज्थ्यो ः आरोही श्रेष्ठ
२२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ रु” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ रु” मैले भन्थे, “अहँ चढेको छैन ।” त्यसपछि उनीहरुले फेरि भन्थे, “के तिमी नेपाली त हौ रु” अमेरिकामा बस्दा...
-
२०७६ जेठ १६, बिहिबार
राजधानीमा फोहर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै
खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताउनुभएको छ । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको छलफलमा उहाँले राजधानी शहरमा फोहर व्यवस्थापन चुनौती बनिरहेको बताउनुभयो । प्रदूषणबाट सभ्यताको स्रोत नदी संरक्षण गर्न अप्ठ्यारो भइरहेका बेला नागरिकस्तरबाट वाग्मतीलगायत...
-
२०७६ जेठ १६, बिहिबार
भोको पेट विद्यालय जान्छन् बालबालिका
सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली बिकलाई विद्यालय जान हतार भयो । पुरानो र ठाउँ ठाउँमा च्यातिएको थियो उनको विद्यालयको पोशाक । यता उता पल्टाएपछि अन्ततः घरमा बस्दा लगाएको कपडासँगै उनी विद्यालयका लागि...
-
२०७६ जेठ १६, बिहिबार
पुख्र्यौली पेशाबाट कमाइ
बढैयाताल गाउँपालिका–८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै आउनुभएको छ । आरन चलाएर किसानको दैनिक काममा आवश्यक पर्ने फलामको यन्त्र हतियार, सामान बनाउने र मर्मत गर्ने उनको पुस्तौँदेखि गर्दै आएको पेशा हो । यसै पेशाबाट उहाँले दैनिक रु एक हजारसम्म कमाउने गरेको बताउनुभयो । उहाँको मासिक कमाई औसत रु २० हजारभन्दा माथि हुने गरेको छ । कमाइबाट श्रीमती, छोरा, छोरी, नाति...
-
२०७६ जेठ १६, बिहिबार
महिला उत्थानका लागि समान अवसर जरुरी छ ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उहाँले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन, त्यसका लागि समान अवसर जरुरी छ ।” उहाँले कार्यकारी तहमा...
-
२०७६ जेठ १६, बिहिबार
वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी
गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन्...


