राष्ट्रिय
-
२०७६ बैशाख ३०, सोमबार
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने
प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो । उहाँका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति...
-
२०७६ बैशाख ३०, सोमबार
अदुवाको बीउ माग
अदुवा रोप्ने मौसम सकिन लाग्दा पनि सुनसरीका किसानले बीउ पाएका छैनन् । गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानले अदुवाको बीउको माग गरेका थिए । थोक मूल्यमा यो साता अदुवा प्रतिकिलो एक सय ५५ रुपैयाँदेखि एक सय ६५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यही बेला भारतले नेपाली अदुवा निर्यात रोक्दा नबिकेर अदुवा कुहिएर बारीमा नष्ट भएको थियो । निर्यात सहज भएमा आउँदो जेठ–असारमा...
-
२०७६ बैशाख ३०, सोमबार
मुक्त हलियाका महिला व्यावसायिक बन्दै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालीम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाउनुभएको छ । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उहाँले तालीमपश्चात् निःशुल्करूपमा पाउनुभएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाउनुभएको हो । भारतमा होटेलमा काम गर्ने श्रीमान्को कमाइले उहाँको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । “श्रीमान् एक्लैको कमाइले परिवार...
-
२०७६ बैशाख ३०, सोमबार
प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल
आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पु¥...
-
२०७६ बैशाख ३०, सोमबार
लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु
जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो । दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको पुनःसर्वेक्षण...
-
२०७६ बैशाख ३०, सोमबार
खण्डहर बन्दै छ मुक्त हलियाको बस्ती
जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको बस्ती खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोत्दै आएका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा उक्त बस्ती खण्डहरमा परिणत हुन थालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभावकारीरूपले काम नहुँदा यस वर्ष पनि पुनःस्थापना हुनेमा शङ्का पैदा भएको छ । उक्त...
-
२०७६ बैशाख ३०, सोमबार
औद्योगिकीकरणलाई बजेटमा प्राथमिकता दिन माग
आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ । सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धी छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आकांक्षालाई...
-
२०७६ बैशाख ३०, सोमबार
लागुऔषधसहित ६ पक्राउ
जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी खिरौनाबाट खटिएको टोलीले चेकजाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ । उहाँहरुको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । यस्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका– ३...
-
२०७६ बैशाख ३०, सोमबार
एक सय २५ जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
-
२०७६ बैशाख ३०, सोमबार
न्यूरोलोजिकल कार्यशाला सम्पन्न
पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं...
-
२०७६ बैशाख ३०, सोमबार
जोशीलाई राष्ट्रपतिबाट शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो । पत्रमा भनिएको छ, “तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली...
-
२०७६ बैशाख ३०, सोमबार
भियतनाम भ्रमण अत्यन्तै सफल ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ । अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । १ प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो रु यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका...


