राष्ट्रिय
-
२०७६ बैशाख २९, आइतबार
कास्कीमा कुष्ठरोगी घट्दै
कास्कीमा कुष्ठरोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्याङ्कअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन् । गत आर्थिक बर्षमा १० हजार...
-
२०७६ बैशाख २९, आइतबार
इलाम उवासंघमा चिपालू विजयी
इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ । उहाँले ६३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गर्नुभयो । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर रहनुभएको थियो । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा...
-
२०७६ बैशाख २९, आइतबार
कृषि हाट बजारको निर्माण शुरु
स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ । आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो । बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा रु...
-
२०७६ बैशाख २९, आइतबार
मिडिया विधेयक पत्रकारका पक्षमा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने बताउँदै भन्नुभयो, “ मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि...
-
२०७६ बैशाख २९, आइतबार
७५ वर्षीया वृद्धालाई नागरिकता
जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाउनुभएको हो । बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाउनुभएको थिएन । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन...
-
२०७६ बैशाख २९, आइतबार
अत्यधिक गर्मीले विद्युतीय सामग्रीको ब्यापार बढ्यो
नेपालगञ्जमा गर्मी अत्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार शनिबार यहाँका अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भन्नुभयो, “शनिबार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो...
-
२०७६ बैशाख २९, आइतबार
मध्यपुरको मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना निर्माण
मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण शुरु गरेको छ । नगरपालिकाले आयोजना गरेको समारोहमा गत चैत ३ गते प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मध्यपुरथिमिलाई ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेपछि नगरपालिकाले यसको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण शुरु गरेको हो । ...
-
२०७६ बैशाख २९, आइतबार
मिस्त्रीखोलाको सुरुङ निर्माण
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४ दशमलव पाँच मिटर सुरुङ...
-
२०७६ बैशाख २९, आइतबार
दोषीलाई कारवाहीको माग
एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ । शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गरिएको विज्ञप्तिमा...
-
२०७६ बैशाख २९, आइतबार
दुर्घटनामा एकको मृत्यु
सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स।१त। ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि...
-
२०७६ बैशाख २९, आइतबार
कैदीबन्दीका मुढाले बजार पाएन
बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि...
-
२०७६ बैशाख २९, आइतबार
रुपान्तरणका लागि नमूना विद्यालय– मन्त्री पोखरेल
विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र...


