राष्ट्रिय
-
२०७६ बैशाख ३०, सोमबार
शेयर बजार ः छ अङ्कले बढ्यो
शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६।३० बिन्दुले बढेर एक हजार ३०१।३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।२१ बिन्दुले बढेर २७८।२४ कायम भएको छ । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । बैंकिङ ०।...
-
२०७६ बैशाख ३०, सोमबार
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ बैशाख ३०, सोमबार
आँखाको क्यान्सर सचेतना सप्ताह मनाइँदै
तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा ९आँखाको क्यान्सर० रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको छ । रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ । यो...
-
२०७६ बैशाख ३०, सोमबार
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने
प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो । उहाँका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति...
-
२०७६ बैशाख ३०, सोमबार
अदुवाको बीउ माग
अदुवा रोप्ने मौसम सकिन लाग्दा पनि सुनसरीका किसानले बीउ पाएका छैनन् । गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानले अदुवाको बीउको माग गरेका थिए । थोक मूल्यमा यो साता अदुवा प्रतिकिलो एक सय ५५ रुपैयाँदेखि एक सय ६५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यही बेला भारतले नेपाली अदुवा निर्यात रोक्दा नबिकेर अदुवा कुहिएर बारीमा नष्ट भएको थियो । निर्यात सहज भएमा आउँदो जेठ–असारमा...
-
२०७६ बैशाख ३०, सोमबार
मुक्त हलियाका महिला व्यावसायिक बन्दै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालीम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाउनुभएको छ । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उहाँले तालीमपश्चात् निःशुल्करूपमा पाउनुभएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाउनुभएको हो । भारतमा होटेलमा काम गर्ने श्रीमान्को कमाइले उहाँको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । “श्रीमान् एक्लैको कमाइले परिवार...
-
२०७६ बैशाख ३०, सोमबार
प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल
आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पु¥...
-
२०७६ बैशाख ३०, सोमबार
लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु
जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो । दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोकर्ताको निवेदनका आधारमा क्षतिग्रस्त घरको पुनःसर्वेक्षण...
-
२०७६ बैशाख ३०, सोमबार
खण्डहर बन्दै छ मुक्त हलियाको बस्ती
जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको बस्ती खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोत्दै आएका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा उक्त बस्ती खण्डहरमा परिणत हुन थालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभावकारीरूपले काम नहुँदा यस वर्ष पनि पुनःस्थापना हुनेमा शङ्का पैदा भएको छ । उक्त...
-
२०७६ बैशाख ३०, सोमबार
औद्योगिकीकरणलाई बजेटमा प्राथमिकता दिन माग
आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ । सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धी छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आकांक्षालाई...
-
२०७६ बैशाख २९, आइतबार
मुहान सुक्न थालेपछि संरक्षण थालियो
पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण...
-
२०७६ बैशाख २९, आइतबार
प्रकृतिको वरदान ः धुम्बा ताल
जोमसोम बजारको दक्षिणपूर्वमा एउटा झोलुङ्गे पुल छ । पुलबाट कालीगण्डकी तरेपछि बगरैबगर यात्रा अघि बढ्छ । वरिपरि निर्जन डाँडा र कन्दरा । ढुङ्गा, बालुवाबीच फूलेका भुइँफूल । केही पर भेटिन्छ, ठिनी खोला । फड्के तरेर पारि पुग्दा आइपुग्छ, सम्ले गाउँ छिर्ने प्रवेशद्वार । तलपट्टि सुसाइरहेको नदी, दन्तेलहर झैँ खुलेका हिमाल, गुम्बा, स्याउ बगान र रैथाने जनजीवन आँखामा सजाउँदै पुगिन्छ, सम्ले गाउँको सिरान ।...


