राष्ट्रिय
-
२०७६ बैशाख २३, सोमबार
बाँदर आतङ्कले गाउँ खाली हुँदै
बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन् । सरकारले जमीन बाँझो नराख्ने नीति तथा...
-
२०७६ बैशाख २३, सोमबार
गणतन्त्र दिवस तीन दिन मनाइने
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष,...
-
२०७६ बैशाख २३, सोमबार
वादीले विद्यालय पढ्न पाउनुपर्छ स् प्रमुख जिल्ला अधिकारी
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यहाँको सबैभन्दा सीमान्तकृत पछाडि परेका गरीब वादी समुदायको बस्तीमा गएर आफू दलितकै छोरा भएकाले पढेलेखेर ठूलो मान्छे बन्न सकिन्छ भनेर स्कूल पढ्न उत्प्रेणा दिनुभएको छ । विपन्न वादी समुदायको दैनिकी, उनीहरुको अवस्था र समस्याका बारेमा बुझ्न सदरमुकाम चैनपुरकै एक बस्तीमा जानुभएका प्रजिअ सुनारले भन्नुभयो, “मान्छे गरीब हुनका पछाडि केही राज्यको सेवा, सुविधा, पहुँच...
-
२०७६ बैशाख २३, सोमबार
राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य
स्वतन्त्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा आम नागरिक र राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएकोमा जोड दिइएको छ । विभिन्न रुपमा स्वतन्त्र प्रेसमाथि आक्रमण भइरहेको बताउँदै कार्यक्रमका वक्ताले पाइला पाइलामा बढ्दै गएको दण्डहिनता एवं सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकारिता क्षेत्र बलियो बन्नुपर्ने धारणा राखे ।...
-
२०७६ बैशाख २३, सोमबार
राजतन्त्रको माग गर्नु आपराधिक काम हो ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघर र परिवार परिवारमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर...
-
२०७६ बैशाख २३, सोमबार
प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ
जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ आजबाट शुरु हुँदैछ । महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन हुनेछ । महायज्ञ यही वैशाख ३१ गतेसम्म हुनेछ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी...
-
२०७६ बैशाख २३, सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप
पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । स्थानीय तहले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको मोह एकाएक बढेको हो । जिल्लाको शैक्षिक अवस्था पछि परेको मानिएको सरावल गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय अहिले त्यस क्षेत्रको विद्यार्थीको रोजाइमा परेको छ । ...
-
२०७६ बैशाख २३, सोमबार
राष्ट्रपतिको भनाइ सही’
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको टिप्पणी गर्नुभएको छ । छिमेकी मुलुक भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै प्रधानममन्त्रीले नेपालमा पनि सोहीअनुरुप राष्ट्रपतिले भन्नु जायज...
-
२०७६ बैशाख २३, सोमबार
मायालु डाँडामा अब हरियाली पार्क
म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिल मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो । हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन...
-
२०७६ बैशाख २३, सोमबार
एक वर्षमा सयको उद्धार
सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय भन्दा बढीको उद्धार गरेको जानकारी दिनुभयो । समाजले अशक्त, अनाथ, मानसिक...
-
२०७६ बैशाख २३, सोमबार
नागरिकले कानून बुझ्न जरुरी ः मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कानूनमा नागरिकको पहुँच बढाउनुपर्ने बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज बुटवलमा आयोजना गरेको देवानी र फौजदारीसंहिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकले व्यावहारिक हिसाबले मात्रै कानूनी प्रक्रिया बुझ्ने गरेकाले सैद्धान्तिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानून...
-
२०७६ बैशाख २३, सोमबार
पिताको स्मृतिमा विद्यालय भवन निर्माण
बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उहाँका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गर्नुभएको हो । उहाँहरुका बुबा स्व समाजसेवी...


