राष्ट्रिय
-
२०७६ बैशाख ११, बुधबार
आठ करोडको हाराहारीमा पुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ । चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच रु सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी गराउनुभयो । मकवानपुर जिल्लामा जनक शिक्षा सामग्री...
-
२०७६ बैशाख ११, बुधबार
१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त
पोखरा बागलुङ भूपि शेरचन राजमार्मा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आउनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आउनुभएको हो । क्षयरोगका बिरामी उहाँले नौ वर्षसम्म नियमित औषधि खानुहुन्थ्यो । विस्तारै औषधिको असरले उहाँको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताउनुभयो । एक छोरा, दुई छोरीका बुबा उहाँले सोही...
-
२०७६ बैशाख ११, बुधबार
वरिष्ठताका आधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने
नयाँ बानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । सो विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवी तथा अगुवाहरुले आज यहाँ पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहनुभएका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौँथोँ श्रेणीमा रहनुभएका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्तिसमेत जनाएका छन् । वर्तमान शिक्षा...
-
२०७६ बैशाख ११, बुधबार
रसुवाः नौ हजार आवास निर्माण
भूकम्प गएको चार वर्ष बित्दा पनि रसुवा जिल्लाको निजी आवाव निर्माणको कामले अझै पूर्णता पाउन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ रसुवाका अनुसार विसं २०७२ वैशाखको भूकम्पका कारण क्षति भएका कूल १२ हजार ४९२ निजी घरमध्ये हालसम्म तेस्रो किस्तासम्म अनुदान लगी घर निर्माण नौ हजार ६७३ मात्र भएको छ । जिल्लामा बसोबास गर्ने ग्रामीणवासीकोे बसोबास अहिले क्रमशः सहज हँुदै गएको छ ।...
-
२०७६ बैशाख ११, बुधबार
स्थानीय तहमा नेकपाको नेतृत्व
जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो । यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र लाई पाँच÷पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड...
-
२०७६ बैशाख ११, बुधबार
मुक्त हलिया र मुक्त कमैयालाई पुनःस्थापन गराइने
पश्चिम नेपालका विभिन्न जिल्लामा पुनःस्थापना गराउन बाँकी रहेका मुक्त कमैया र मुक्त हलियालाई सरकारले चालू वर्षभित्रै पुनःस्थापना गरिसक्ने गरी काम अघि बढाएको छ । सङ्घीय सरकारले मुक्त हलिया तथा मुक्त कमैयाको पुनःस्थापना कार्यलाई स्थानीय सरकारमा हस्तान्तरण गरेर आपसी समन्वयमा चालू वर्षमा पूर्णरुपमा पुनःस्थापना गरिसक्ने गरी कार्य अघि बढाएको हो । जग्गाको अभावजस्ता कारणले मुक्त हलिया तथा मुक्त कमैयालाई...
-
२०७६ बैशाख ११, बुधबार
कृषिमा होमिए विदेशबाट फर्केका युवा
वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृषि पेशामा संलग्न हुन थालेका हुन् । हुन त केही समय अघिसम्म शिक्षित युवाले कृषि कर्म गर्नुहुन्न भन्ने गलत मानसिकता थियो । विदेशमा...
-
२०७६ बैशाख ११, बुधबार
व्यापारिक महोत्सवमा अठार करोड आम्दानी
ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले रु १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । गत चैत ३० गतेबाट शुरु भएको ओखलढुङ्गा महोत्सव मङ्गलबार अबेर सकिएको छ । महोत्सवमा स्थानीय जातजातिको वेषभूषा,...
-
२०७६ बैशाख ११, बुधबार
सन्तान टाढिएः चौतारी नै रमाइलो
चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हँुदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन् । बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । सडक किनारमा प्रतीक्षालय...
-
२०७६ बैशाख ११, बुधबार
सामुदायिक भवन निर्माण
गोरखाको शहीद लखन गाउँपालिका–७ मा ३ वटा भूकम्प प्रतिरोधी नमूना सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको चिलौने चौतारा, लाखेडाँडा र देउरालीमा कूल रु ६४ लाख ६० हजार ४७१ को लागतमा सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । पद्धति विकास सेवा केन्द्रको आर्थिक सहयोगमा निर्माण भएको तीनवटै भवनमा तीनवटार सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो । ‘वडा...
-
२०७६ बैशाख ११, बुधबार
दुई सय २३ सम्पदाको पुनःनिर्माण
भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो । त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास...
-
२०७६ बैशाख ११, बुधबार
छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो
विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र छाप्रोमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य भवनको अस्थायी पुनःनिर्माण कार्य सम्पन्न भएको जनाएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ३१ जिल्लाका करीब एक...


