राष्ट्रिय
-
२०७६ बैशाख ११, बुधबार
दुर्गम गाउँमा ‘एक घर एक धारा’
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो । गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १५ लाख, चालू आर्थिक वर्ष २०७५÷७६ मा रु १९ लाख र जनसहभागिताबाट रु छ लाख गरी कूल रु ४० लाखको लागतमा एक घर एक धारा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका...
-
२०७६ बैशाख ११, बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्न अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा आज राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम...
-
२०७६ बैशाख ११, बुधबार
विकास योजनाको अनुगमन
सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा, इञ्जिनीयर जनक न्यौपाने, नगरपालिकाका प्राविधिक एवं कर्मचारी र...
-
२०७६ बैशाख ११, बुधबार
राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन् । सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना गरी दुई मुलुकले सम्बन्धलाई औपचारिकता दिएपछि यो सम्बन्ध मैत्रीपूर्ण, समझदारी, आपसी सहयोग तथा एकार्काका संवेदनशीलतामा सहयोग र सम्मान गर्ने तथा...
-
२०७६ बैशाख ११, बुधबार
आलेख ः बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन् । सानो उमेर, सानो कद र कद बराबर ‘बो’ जब उनले उचालेर आफ्नो लक्ष्यमा निशाना लगाइन्, उपस्थित सबैको ध्यान ऊ प्रति खिँचियोे । पोखरा महानगरपालिका–४ रानीपौवा निवासी अनुष्का भर्खरै कक्षा ७ मा बी प्लस नतीजा ल्याएर उत्तीर्ण भएकी छन् । नोभेल सेकेण्डरी पोखरामा अध्ययनरत अनुष्का कान्छी...
-
२०७६ बैशाख ११, बुधबार
१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त
पोखरा बागलुङ भूपि शेरचन राजमार्मा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आउनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आउनुभएको हो । क्षयरोगका बिरामी उहाँले नौ वर्षसम्म नियमित औषधि खानुहुन्थ्यो । विस्तारै औषधिको असरले उहाँको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताउनुभयो । एक छोरा, दुई छोरीका बुबा उहाँले सोही...
-
२०७६ बैशाख ११, बुधबार
तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै
जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताउनुभयो ।...
-
२०७६ बैशाख ११, बुधबार
आठ करोडको हाराहारीमा पुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ । चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच रु सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी गराउनुभयो । मकवानपुर जिल्लामा जनक शिक्षा सामग्री...
-
२०७६ बैशाख ११, बुधबार
स्थानीय तहमा नेकपाको नेतृत्व
जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो । यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र लाई पाँच÷पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड...
-
२०७६ बैशाख ११, बुधबार
वरिष्ठताका आधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने
नयाँ बानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । सो विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवी तथा अगुवाहरुले आज यहाँ पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहनुभएका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौँथोँ श्रेणीमा रहनुभएका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्तिसमेत जनाएका छन् । वर्तमान शिक्षा...
-
२०७६ बैशाख ११, बुधबार
रसुवाः नौ हजार आवास निर्माण
भूकम्प गएको चार वर्ष बित्दा पनि रसुवा जिल्लाको निजी आवाव निर्माणको कामले अझै पूर्णता पाउन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ रसुवाका अनुसार विसं २०७२ वैशाखको भूकम्पका कारण क्षति भएका कूल १२ हजार ४९२ निजी घरमध्ये हालसम्म तेस्रो किस्तासम्म अनुदान लगी घर निर्माण नौ हजार ६७३ मात्र भएको छ । जिल्लामा बसोबास गर्ने ग्रामीणवासीकोे बसोबास अहिले क्रमशः सहज हँुदै गएको छ ।...
-
२०७६ बैशाख ११, बुधबार
व्यापारिक महोत्सवमा अठार करोड आम्दानी
ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले रु १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । गत चैत ३० गतेबाट शुरु भएको ओखलढुङ्गा महोत्सव मङ्गलबार अबेर सकिएको छ । महोत्सवमा स्थानीय जातजातिको वेषभूषा,...


