STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा

  • २०७७ आश्विन १०, शनिबार

    केही समय विद्यालय नखोलाै‌ं : शिक्षामन्त्री

    काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र...

  • २०७७ भाद्र ३१, बुधबार

    अनलाइनको चर्को शुल्क असुल्नेलाई कारवाही माग

    काठमाडौँ– १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । बैठकले कक्षा १२...

  • २०७७ भाद्र २९, सोमबार

    काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै

    काठमाडौँ – विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना अथवा घर पनि पहिलेको अवस्थामा आउनेक्रम जारी नै छ । राजधानी काठमाडौँबाट पश्चिम क्षेत्र गोरखाको बारपाक...

  • २०७७ भाद्र २६, शुक्रबार

    विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट !

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा दिन लागिएकाे हो । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा...

  • २०७७ भाद्र २५, बिहिबार

    अनलाइन कक्षाकाे शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

    काठमाडौं – सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ यसअघि शिक्षा मन्त्रालयले अनलाइन...

  • २०७७ भाद्र १३, शनिबार

    अनेरास्ववियुले माग्याे वैकल्पिक माध्यमबाट परीक्षा

    काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ । अनेरास्ववियुले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई इमेलबाट २१ सूत्रीय मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्दै सिकाइ सहजीकरण निर्देशिका २०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिकसत्रकै अङ्ग बनाउन माग गरेको छ । ज्ञापनपत्रमा...

  • २०७७ भाद्र १३, शनिबार

    त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ...

  • २०७७ भाद्र १०, बुधबार

    त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले आफ्नो सम्पर्कमा...

  • २०७७ भाद्र ७, आइतबार

    ११ मा स‌ंकाय हटाइने • विद्यालय तहजस्तै भर्ना र परीक्षा हुने

    काठमाडौँ – एसईई पछि संकायअनुसार भर्ना भइरहेकाे स्थानमा अब कक्षा ११ मा संकाय हटाइने भएकाे छ ।  पहिलेकाे जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्काय भनी कक्षा ११ मा भर्ना लिन नपाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले जनाए अनुसार अब विद्यालयले सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न पाइँदैन । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए । अब कक्षा ११ मा भर्ना...

  • २०७७ भाद्र १, सोमबार

    त्रिविको नियमित सेवा बन्द, घरबाटै काम गर्न निर्देशन

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना...

  • २०७७ श्रावण २९, बिहिबार

    परीक्षा पछि लिनेगरी नयाँ सेमेष्टर सुरु गर्ने त्रिविकाे तयारी

    काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा पछि अनुकूल समयमा लिने गरी अब माथिल्लो कक्षामा पढाउने तयारी थालेको छ । यसअघि भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत त्रिविले सार्वजनिक गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९ ) काे जोखिम बढ्दाे रहेकाेले त्रिविले परीक्षा स्थगित गरेको हो । त्यसैले अब परीक्षा सम्भव नभएपछि त्रिविले सेमेस्टरको अर्को कक्षा सुरु गर्ने भएको छ । ...

  • २०७७ श्रावण २९, बिहिबार

    त्रिविका परीक्षा तत्काल नहुने

    काठमाडौँ  – त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । “हामीले स्थिति सहज भएपछि परीक्षाको...

Pages