STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ फाल्गुण ८, शुक्रबार

    निर्देशक सुब्बाको म्युजिक भिडियो ‘मायामा टेन्शन भो’

    जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ । प्रेम सम्बन्धमा देखिने ससाना मनमुटाव, असमझदारी र...

  • २०८२ फाल्गुण ८, शुक्रबार

    साहित्यकार एवं उद्योगी वसन्त चौधरी लगायत वासु शशी स्मृति परिषद बाट पुरस्कृत हुने

    अमर साहित्यकार बाशु शशीकाे नाममा  स्थापित    "वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” प्रदान  गर्ने  भएकाे छ । परिषद ले साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००...

  • २०८२ फाल्गुण ७, बिहिबार

    बाह्रजना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' प्रदान गरिने

    नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने घाेषणा  गरेक‍ो छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।  नइ प्रज्ञा पुरस्कार'बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा....

  • २०८२ फाल्गुण ५, मंगलबार

    हृदयचन्द्र स्मृति सम्मान’ प्रदान

    काठमाडौँ, साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११औँ जन्मजयन्तीका अवसरमा यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गरिएको छ ।साढे छ दशक लामो साहित्य साधना गरी कविता, निवन्ध र कथा सृजना तथा साहित्य सन्ध्या संस्थामा नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सोमबार आयोजित कार्यक्रममा विनयलाई सम्मान...

  • २०८२ फाल्गुण ३, आइतबार

    निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा विभिन्न व्यक्तित्व सम्मानित

    निलकृष्ण–जशोदा सिटौला फाउण्डेशन, नर्दन क्यालिफोर्नियाद्वारा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोह २०८२ मा सामाजिक अभियन्ता तथा संयुक्त अपाङ केन्द्रका अध्यक्ष तिलबहादुर कार्की  सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू एक समाारोहमा  सम्मानित भएका छन् । साे समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षेत्रमा निरन्तर...

  • २०८२ फाल्गुण ३, आइतबार

    जापानमा म्युजिक भिडियो र पुस्तक सार्वजनिक

    शिवरात्रीको दिनमा जापान देशको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान दुई देशको सुमधुर दौत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको अवसरमा एउटा म्युजिक भिडियो र साहित्यकार रिता महर्जन रितुकाे जापान यात्रा संस्मरण पुस्तक विमाेचन समेत  गरी   दुइवटा नेपाली कार्यक्रम सम्पन्न भएको छ। जापानमा विगत ४ दशक देखि बस्दै आउनुभएका प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान...

  • २०८२ फाल्गुण ३, आइतबार

    भारतका नौ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको  छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । प्रा.डा.कविता लामा, प्रा.डा.कृष्णराज घतानी, डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा....

  • २०८२ फाल्गुण २, शनिबार

    विदेशी भुमिकाे हिँउको आँगनमा शिल्पा पाेखरेल

    भ्यालेण्टाइन डे अर्थात   प्रणय दिवसको अवसर पारेर बहुप्रतिभाशाली सर्जक एक जमानामा नायक का रुपमा चर्चित  इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो हालै  सार्वजनिक गरिएको छ। भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय रहेको छ भने गायक इश्वर थापा र गायिका अलिसा गुरुङको सुमधुर स्वरले गीतलाई अझ आकर्षक बनाएको छ। प्रेमभाव झल्किने उक्त गीतमा शब्द...

  • २०८२ फाल्गुण १, शुक्रबार

    पत्रकार सिटौलाले नाममा अक्षय काेषकाे घाेषणा

    चलचित्र पत्रकार संघ नेपालका दिवंगत निवर्तमान अध्यक्ष दिनेश सिटौलाको १३औँ दिनको पुण्यतिथिमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै पत्रकार तथा कलाकारहरूले उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित थिए । कार्यक्रममा अध्यक्ष बलामीले...

  • २०८२ फाल्गुण १, शुक्रबार

    विजय मल्लकी सुपुत्री श्रेष्ठ दम्पतीबाट नइलाई ५ लाख प्रदान

    अद्वितीय साहित्यकार विजय मल्लकी छोरी डा.उमा श्रेष्ठ तथा उनका श्रीमान  ख्यातिप्राप्त समाजसेवी, श्री ५ को सरकारका सचिव र अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा.कुशनारायण श्रेष्ठ   ले नइ एकेडेमीलाई पाँच लाख रूपियाँ प्रदान गर्नु भएको छ । नइ एकेडेमीले श्रेष्ठ दम्पतीबाट प्राप्त रकम विजय मल्ल शताब्दी महोत्सवमा खर्च गर्ने निर्णय गरेको कुरा नइ एकेडेमीका  सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएकाे    छ ।

  • २०८२ माघ २९, बिहिबार

    अन्तर्राष्ट्रिय फिल्म शुटिंगको गन्तव्य’ को रुपमा विकास गरिने

    नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले बुधबार आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभलको आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको...

  • २०८२ माघ २९, बिहिबार

    पेन्टिङजस्तो बनेको ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर सम्पन्न

    सिटी सेन्टरस्थित बिग मुभिजमा फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर बुधबार सम्पन्न  गरिएको छ ।    प्रिमियर शोमा सिनेमा  प्रसिद्ध  निर्देशक तुलसी घिमिरे, परान का निर्देशक   दीपकप्रसाद आचार्य,   निर्माता    छविराज ओझा, कलाकार  जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको टिम उपस्थित थिए। सिनेमा हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा देखावटी नाराबाजी  भन्दा...

Pages