STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ माघ २८, बुधबार

    श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

    धेरै सम्मान र पुरस्कार प्राप्त गरीसकेका  गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’  ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। एकतर्फी प्रेमको पीडा र छोडेर जानेप्रतिको शुभेच्छा व्यक्त गरिएको यस गीतले सार्वजनिक भएको छोटो समयमै श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। गीतकार राईको शब्दमा तयार भएको गीतमा ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले...

  • २०८२ माघ २७, मंगलबार

    विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

    साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सोमबार लोकार्पण गरिएको छ ।  काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष  साहित्यकार श्रीओम ‘रोदन’, लगायत कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत मञ्चासिन व्यक्तित्व र अग्रभागमा...

  • २०८२ माघ २६, सोमबार

    नीर शाह र चैत्य देवी सहित चालिस स्रष्टा विजय मल्ल नइ शताब्दी पदक’ सम्मानित हुने

    नइ एकेडेमीबाट नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक य‍ोगदानको सम्प्रसार र संवर्धनका लागि उल्लेखनीय योगदान दिएबापत ४० महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको...

  • २०८२ माघ २५, आइतबार

    नेपालभाषाका लघुकथा लेखकहरुले मनाए साताैं वार्षिकोत्सब

    सामाजिक सञ्जाल फेसबुकमार्फत सक्रिय  नेपालभाषा साहित्यिक अभियान चिबाखं साहित्यको सातौँ वर्षप्रवेशको अवसरमा पाटन संग्रहालय अवलोकन कार्यक्रमसँगै ‘ख्वाःपौ’ (मुख पत्र) सार्वजनिक गरिएको छ। यस संस्थाका सदस्यहरूमा साहित्यकारहरु  ध्रुव मधिकर्मी, केदार सितु, नरेश अमात्य, विमल ताम्राकार, सुरेन्द्रलाल भुजू, रिता महर्जन र दिव्या बज्राचार्यले संयुक्त रूपमा उक्त  मुखपत्र   सार्वजनिक गर्नुभएको हो। मुख पत्रमा...

  • २०८२ माघ २४, शनिबार

    त्रिमूर्ति निकेतनकाे उन्नाइसौँ स्थापना दिवस सम्पन्न

    प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर उल्लेखनीय योगदान गरेको त्रिमूर्ति निकेतनले हालै आफ्नो  उन्नाइसौँ स्थापना  दिवसको आयोजना गरेको छ ।   साे अवसरमा नेपाली साहित्य नारी रत्न श्रीमती माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको विषयमा उहाँले चर्चा गर्नुभयो । उन्नाइसौँ त्रिमूर्ति दिवस समारोहका...

  • २०८२ माघ २३, शुक्रबार

    भजन तथा शङ्खध्वनि प्रतियोगिताको तयारी अन्तिम चरणमा

    नारायणगढ , २३ माघः नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा जगेर्ना गर्दै भावि पुस्तालाई यसबारे अवगत गराउने उद्देश्यले शनिबार आयोजना हुन लागेको ‘ऐतिहासिक भजन तथा शङ्खध्वनि वादक प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ ।युवापुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक संस्कार र सांस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरस्थित खेल मैदानमा कार्यक्रम...

  • २०८२ माघ २१, बुधबार

    रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वर मा ‘तिमीसँग’ (भिडियोसहित)

    रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ । सुदीप दाहालको पोष्ट प्रोडक्सन र...

  • २०८२ माघ २०, मंगलबार

    सातजना प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’

    नइ एकेडेमीबाट सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई  ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेका छन् । ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत...

  • २०८२ माघ १७, शनिबार

    हेमन्ता राईको ‘महङ्गो मायाँ’ सार्वजनिका

    काठमाडौं १५ माघ । गायनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउनु भएका लोकप्रिय गायिका हेमन्ता राईको सुमधुर स्वरमा नयाँ गीत ‘महङ्गो माया’ को भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । बिष्णु भट्टको शब्द तथा संगीत, देबेश राईको एरेन्ज, रबिना लिम्बुको श्रृंगार, इसाक जाबेगुको छायांकन, सम्पादन रहेको छ ।

  • २०८२ माघ १६, शुक्रबार

    कीर्तिपुरमा बाघभैरवको म्यूजिक भिडियो विषयक पत्रकार सम्मेलन माघ १७ गते शनिबार

    कीर्तिपुर । आःजु द्यः भजन संकिपा पुचःको आयोजनामा ने.सं. ११४६ सिल्लाथ्व त्रयोदशी÷चतुर्दशी २०८२ माघ १७ गते शनिबार बिहान ८ बजे कीर्तिपुर नगरपालिका ३ वडा खासिबजारस्थित पासा पुचः कीर्ति क्लब भवनको सभाकक्षमा पत्रकार सम्मेलन हुने भएको छ । कीर्तिपुरको ऐतिहासिक सम्पदा आःजु द्यः बाघैरवको म्यूजिक भिडियो निर्माण गर्ने विषयमा उक्त पत्रकार सम्मेलन हुने जानकारी आयोजक आःजु द्यः भजन संकिपा पुचःले दिएको छ ।...

  • २०८२ माघ १५, बिहिबार

    चैतमा नङ एकेडेमी ले नेपाल भारत प्राध्यापक सम्मेलन गर्ने

    प्राज्ञिक एवम् वाङमय क्षेत्रमा सक्रिय संस्था    नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने छन् । नइ...

  • २०८२ माघ १३, मंगलबार

    पुष्कर र सुनिताको ‘हेरेर पार्छु घायल’

    काठमाडौं १३ माघ । लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको आधुनिक, रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । सुनिता राईको शब्द, संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् । भिडियोमा पुष्कर सुनुवार र सुनिता राईको अभिनय रहेको छ ।  मरुभूमि नारायणको छायांकन, मोहन सुनुवार ‘नबिन’ को सम्पादन रहेको भिडियो...

Pages