STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०८१ फाल्गुण ६, मंगलबार

    क्यानडामा ८० यात्रु सवार विमान अवतरण गर्ने क्रममा पल्टियो

    एजेन्सी - क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा उक्त दुर्घटना भएको हो ।  अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था...

  • २०८१ माघ २६, शनिबार

    केजरीवालले भने– जनताको निर्णय हामीलाई स्वीकार्य छ

    एजेन्सी - दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने–  ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ।’ केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु। र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू...

  • २०८१ माघ २६, शनिबार

    २७ वर्षपछि दिल्लीमा भाजपा

    एजेन्सी - २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गर्ने भएको छ। निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभा चुनावमा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । अर्थात् भाजपाले कुल ४८ सिट जित्ने देखिएको छ ।  आम आदमी पार्टी (आप) ले पनि ६ सिट जितेको छ भने १६ सिटमा अग्रता लिएको छ । उसले कुल २२ सिट प्राप्त गर्ने छ। कांग्रेसले एक सिट पनि पाएको छैन। उता आपका प्रमुख नेता अरविन्द केजरीवाल...

  • २०८१ माघ २३, बुधबार

    ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउस जाँदै मोदी

    वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन...

  • २०८१ माघ १६, बुधबार

    महाकुम्भ मेलामा भागदौड : मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० घाइते

    नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गंगा, यमुना र सरस्वती तीन नदीको संगममा स्नान गर्न करिब १० करोड मानिस भेला भएका थिए ।  मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान...

  • २०८१ माघ १३, आइतबार

    ट्रम्पको शपथसँगै आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्न सुरु

    काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथग्रहण गरेकै दिन दक्षिणी सीमामा संकटकाल घोषणा गरे । सेना परिचालन गरे । उनी त्यत्तिमै अडिएनन्, त्यो क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै कोस्ट गार्ड कमान्डर महिला एड्मिरल लिन्डा फागनलाई हटाए । अमेरिकी मिडियाहरुमा ट्रम्पले शपथ लिनुभन्दा अगाडि समाचारहरु आएका थिए- ट्रम्प सरकारले पहिलो दिनबाटै अवैध आप्रवासीहरुमाथि धरपकड गर्नेछ । सिकागोबाट त्यो सुरु हुनेछ...

  • २०८१ माघ १३, आइतबार

    अमेरिकाले रोक्यो वैदेशिक अनुदान, नेपाल पनि प्रभावित हुने

    काठमाडौं - अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । २० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन...

  • २०८१ माघ ९, बुधबार

    डोनाल्ड ट्रम्पले पुटिनलाई दिए यस्तो चेतावनी

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने बताएका छन् । राष्ट्रपति पद सम्हालेपछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस विषयमा सोधिएको प्रश्नको जवाफमा रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने अभिव्यक्ति दिएका हुन् । ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग...

  • २०८१ माघ ९, बुधबार

    टर्कीको होटेलमा आगलागी : मृत्यु हुनेकाे संख्या ७६ पुग्याे

    काठमाडौं - टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनकाे संख्या ७६ पुगेकाे छ । आगलागीमा ५० जना घाइते भएका छन् ।  बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको  ।  आगलागीकाे समयमा उक्त होटेलमा २३८ जना रहेको समाचारमा उल्लेख छ ।  दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । विद्यालय बिदा भएकाले होटेलमा धेरै पाहुना रहेको...

  • २०८१ माघ ८, मंगलबार

    ट्रम्पले शपथ लिएपछि उद्घोष गरे ६ महत्वपूर्ण एजेन्डा

    काठमाडौं - डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । उनले नेपाली समय अनुसार सोमबार राति राष्ट्रपतिको शपथ लिएका हुन् । ट्रम्पको शपथ ग्रहण समारोहमा विश्व धेरै नेताहरू, व्यवसायीहरू, बाराक ओबामा, जर्ज बुश, बिल क्लिन्टन जस्ता पूर्व अमेरिकी राष्ट्रपतिहरू उपस्थित थिए । आफ्नो शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो नीति र प्रशासनअन्तर्गत अमेरिकाको भविष्य अब कस्तो हुनेछ भन्ने धारणा...

  • २०८१ माघ ७, सोमबार

    प्रयागराज महाकुम्भमा साढे आठ करोड भक्तजनले गरे स्नान

    प्रयागराज - महाकुम्भ मेलाको आठौं दिन सोमबार अपरान्ह ४ बजेसम्म साढे आठ लाख जना भक्तजनले स्नान गरेका छन् । सोमबारमात्रै ५० लाखले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ ।  यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरेका थिए । उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए । “यो घटनाको...

  • २०८१ माघ ७, सोमबार

    अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ

    एजेन्सी-  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।  सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् ।  यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट...

Pages