STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०८१ माघ १, मंगलबार

    क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या २४ पुग्यो

    काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् । अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ । त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन तथा आगो...

  • २०८१ पौष २४, बुधबार

    तिब्बत भूकम्पः कम्तीमा १२६ को मृत्यु, १ सय ८८ घाइते

    काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९:०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर...

  • २०८१ पौष २२, सोमबार

    जलमग्न कोइला खानीभित्र फसे भारतीय श्रमिक

    गुवाहाटी (भारत) - उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि करिब एक दर्जन भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ । “कोइला खानी धेरै दुर्गम स्थानमा छ,” डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेको पुष्टि गर्दै स्थानीय प्रहरी अधीक्षक मयंक झाले भने । स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये...

  • २०८१ पौष १५, सोमबार

    दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

    एजेन्सी- दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको...

  • २०८१ पौष १, सोमबार

    १८ घण्टा हिरासतमा बसेर रिहा भए अल्लु अर्जुन

    काठमाडौं - अभिनेता अल्लु अर्जुन रिहा भएका छन् । पुष्पा–२ का अभिनेतासमेत रहेका उनी शनिबार बिहान ७ बजेतिर चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएको भारतीय सञ्जारमाध्यमले जनाएका छन् । उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे । अल्लुलाई प्रहरीले शुक्रबार मध्याह्न सवा १२ बजेतिर पक्राउ गरेको थियो । उनीमाथि गत डिसेम्बर ४ मा...

  • २०८१ मङ्सिर २७, बिहिबार

    अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए

    एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थीमन्त्रीको मृत्यु भएको छ। तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर-रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो। तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको...

  • २०८१ मङ्सिर २६, बुधबार

    सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण

    काठमाडौं- इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ। बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ। तीमध्ये एक रासायनिक हतियार उत्पादनसँग सम्बन्धित अनुसन्धान केन्द्र पनि समावेश छ।...

  • २०८१ मङ्सिर १८, मंगलबार

    जापानमा ‘नेपाल फेस्टिभल’

    काठमाडौँ - ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ ।  गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई...

  • २०८१ आश्विन ११, शुक्रबार

    विद्यालयमा सौभाग्य ल्याउन सात वर्षीय बालकको बलि

    एजेन्सी - एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहलनजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा...

  • २०८१ आश्विन १, मंगलबार

    दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी

    काठमाडौं- भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन्। मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन्। आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए। मुख्यमन्त्री केजरीवाल...

  • २०८१ भाद्र ३१, सोमबार

    मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

    काठमाडौं- अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।  जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्।  उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए।  उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म...

  • २०८१ भाद्र १९, बुधबार

    ‘सुन्दर’ विदेशी जासुसहरूबाट सावधान रहन विद्यार्थीहरूलाई चीनको चेतावनी

      चीनको राज्य सुरक्षा एजेन्सीले बुधबार संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको छ । एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् । गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका लागि प्राय कठोर र असामान्य तरिकाले वफादार चिनियाँहरूलाई प्रलोभनमा...

Pages