STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०८१ जेठ २२, मंगलबार

    भारत निर्वाचन : एक्लै बहुमत ल्याउन भाजपालाई सकस

    एजेन्सी - भारतीय लोकसभा निर्वाचन २०२४ को मतगणना सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ । मतगणनाको प्रारम्भिक नतिजाले केही स्पष्ट सन्देश दिइसकेको छ । अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । मतगणना मंगलबार बिहानबाट सुरु भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३...

  • २०८१ जेठ २०, आइतबार

    केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण

    काठमाडौं- २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्। दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकारी दिएकी हुन्। उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन्। जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१...

  • २०८१ जेठ २०, आइतबार

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    काठमाडौं- पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ।  विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमले देखाएका छन्।  यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो। उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल...

  • २०८१ जेठ २०, आइतबार

    डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहर

    काठमाडौं- अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्। न्यूयोर्क स्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ। अब यसको सजाय निर्धारण जुलाई ११ मा हुने बताइएको छ। उनीहरूले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरूलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ।  तर सबैभन्दा नराम्रो अवस्थामा...

  • २०८१ जेठ ७, सोमबार

    हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

    काठमाडौं - हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबैजनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ । इब्राहिम रइसीले सधैँ कालो पगरी (शिरमा बेरेर लगाइने कपडा) पहिरिए । र, त्यो यसको संकेत हो कि उनी इस्लाम धर्मका...

  • २०८१ जेठ ३, बिहिबार

    स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

    स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्। राजधानी ब्रातिस्लाभाभन्दा १५० किलोमिटर टाढा ह्यान्लोभामा एक सरकारी बैठकका क्रममा उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ५९ वर्षीय फिकोको पेटमा गोली लागेको जनाइएको छ। उनलाई लक्षित गरी चार गोली चलाइएको खबर छ। पेट, हात र खुट्टामा चोट लागेका उनलाई...

  • २०८१ बैशाख २३, आइतबार

    दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

    एजेन्सी- ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्। यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे शहर बाढीका कारण...

  • २०८१ बैशाख १८, मंगलबार

    पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज

    एजेन्सी- भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो। रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी,...

  • २०८१ बैशाख ९, आइतबार

    भारतको तनावग्रस्त राज्य मणिपुरका ११ स्थानमा सोमबार मतदान हुँदै

    एजेन्सी - भारतको उत्तरपूर्वी राज्य मणिपुरका केहीस्थानमा स्थगित भएको मतदान भोलि -सोमबार_ गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ। १९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए। मणिपुर राज्यमा महिनौंदेखि जातीय द्वन्द्व चलिरहेको थियो। हिंसाकै असरले मतदान मेसिनमा क्षति पुगेको थियो। मणिपुरका मुख्य निर्वाचन अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचन...

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प...

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प...

  • २०८० चैत्र १०, शनिबार

    रूसमा आतंकवादी हमला, ६० जना मारिए

    एजेन्सी - रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतंकवादी हमला भनिरहेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चारजना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली...

Pages