अन्तर्राष्ट्रिय
-
२०८० पौष १७, मंगलबार
जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौँ - जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । इशिकावाको...
-
२०८० पौष ५, बिहिबार
प्रदूषण हटाउन पाकिस्तानले गरायो कृत्रिम वर्षा
काठमाडौं - पाकिस्तानको लाहोरमा खतरनाकस्तरको प्रदूषण हटाउन पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ । लाहोरको मेगासिटीमा शनिबार वर्षा गराउने ‘क्लाउड–सिडिङ’ उपरकणसहितका विमानले उडान भरेको थियो । यो सहर विश्वकै सबैभन्दा धेरै हानिकारकस्तरको वायु प्रदूषण भएको ठाउँमध्येमा पर्छ । लाहोरका कम्तीमा १० ठाउँमा वर्षा गराइएको पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले बताएका छन् । पन्ध्र किलोमिटरको...
-
२०८० पौष ३, मंगलबार
चीनको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ। यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ। उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने...
-
२०८० मङ्सिर २५, सोमबार
जेलमा रहेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान
काठमाडौं- इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । नर्गिसको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् । इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानी आफ्ना बुबासँग पेरिसमा निर्वासनमा बस्दै आएका...
-
२०८० मङ्सिर २४, आइतबार
अमेरिकामा गोली आक्रमणः ३ जनाको मृत्यु, १ घाइते
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक...
-
२०८० मङ्सिर २४, आइतबार
अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिकोे खाली घरको कर बढाउने
अष्ट्रेलिया सरकारको घोषणा अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था...
-
२०८० मङ्सिर १५, शुक्रबार
युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु
काठमाडौं - हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो...
-
२०८० मङ्सिर १५, शुक्रबार
कोप–२८ मा हानि नोक्सानी कोष औपचारिक रुपमा सुरु
काठमाडौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । कोप–२८ मा हानि नोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका...
-
२०८० मङ्सिर १२, मंगलबार
हमास र इजरायलबीच युद्धविराम २ दिन थप
एजेन्सी- गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका...
-
२०८० मङ्सिर ६, बुधबार
इजरायल–हमास २४ घण्टाभित्र युद्धविराम हुने
काठमाडौं- कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय 'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ । सुरुमा ४ दिन युद्ध रोक्ने सहमति...
-
२०८० मङ्सिर १, शुक्रबार
इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह
नयाँदिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् । “यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ,” विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने । गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको...
-
२०८० कार्तिक २०, सोमबार
वायु प्रदूषण बढ्दै गएपछि दिल्लीमा विद्यालय बन्द
काठमाडाैँ - वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन् । भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आईतबार घोषणा गरे । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताए...


