अन्तर्राष्ट्रिय
-
२०७७ माघ ६, मंगलबार
कर्मचारीमा कोरोना पुष्टि भएपछि यूएई नेपाली दूतावासकाे कन्सुलर सेवा बन्द
तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने...
-
२०७७ माघ ६, मंगलबार
गुजरातमा फुटपाथमा सुतेकालाई ट्रकले कुल्चँदा १३ जनाको मृत्यु, सात गम्भीर घाइते
भारतको गुजरात राज्यको सुरतमा ट्रकले कुल्चदा १३ मजदुरको मृत्यु भएको छ । साथै, सो दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् । घटनास्थलमै १२ र एक जनाको उपचारका क्रममा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा पर्नेमा सबै राजस्थानको बान्सावाराका हुन् । उखु बोकेको ट्याक्टरसँग ठोक्किएका ट्रकका चालकले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना हुनपुगेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले...
-
२०७७ माघ ४, आइतबार
इन्डोनेशियाको सेमेरु ज्वालामुखी विस्फाेट
इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइनसकेको भएपनि इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको...
-
२०७७ पौष २९, बुधबार
ट्रम्पलाई हटाउने प्रस्ताव अमेरिकी संसदबाट पारित
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ । २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर...
-
२०७७ पौष २८, मंगलबार
अमेरिकी राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ। डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। डेमोक्र्याटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह...
-
२०७७ पौष २६, आइतबार
जकार्ता विमान दुर्घटना : दुर्घटनास्थल पत्ता लागेकाे दाबी
इन्डोनेसियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमान दुर्घटना भएको स्थान पत्ता लागेको दाबी गरेका छन् । श्रीविजया एयरजेटको बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए । सो विमान कालिमान्तान प्रान्तस्थित पोन्टिआनकका लागि उडेको चार मिनेटमै सम्पर्कबिहीन भएको थियो । विमानको खोजी कार्यका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन...
-
२०७७ पौष २६, आइतबार
इन्डोनेशियामा यात्रुjवाहक जहाज दुर्घटना
इन्डोनेसियाकाे राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ । । जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान सम्पर्कविहीन भएकाे केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएकाे छ । उक्त विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमले जनाएकाे छ...
-
२०७७ पौष २४, शुक्रबार
अन्ततः ट्रम्पले हार स्वीकारे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । ट्रम्पले भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ...
-
२०७७ पौष २४, शुक्रबार
ट्रम्पकाे हठले निम्त्याएकाे अमेरिकाकाे एक लज्जित दिन
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न बुधबार अमेरिकाको वासिङ्टनस्थित दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठक बसिरहेको थियो । वैठकको एजेण्डा थियो, अमेरिकाको ४६ औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने । चुनावमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्पले भन्दा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले बढी मत ल्याएका थिए । इलेक्टोरल कलेजमा बहुमत...
-
२०७७ पौष २३, बिहिबार
ट्रम्पको फेसबुक र ट्विटर अकाउन्ट १२ घण्टाकाे लागि बन्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट र फेसबुक अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएकाे छ । चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्विटरले जनाएको छ । ट्विटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति विपरीत रहेका छन् ।” ट्विटरले आफ्ना् नीति विपरीतलगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट...
-
२०७७ पौष २३, बिहिबार
ट्रम्प समर्थकद्वारा संसदमा तोडफोड : गोली लागी एकको मृत्यु : वासिङ्टनमा कर्फ्यू
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन छिरेपछि प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ। नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए। उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए।...
-
२०७७ पौष २०, सोमबार
दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ को मृत्यु
भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले भने, “हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन् ।” घाइते सबैको स्थानीय...


