अन्तर्राष्ट्रिय
-
२०७७ पौष १९, आइतबार
नाइजेरिमा आतंकवादी आक्रमण : ५६ जना मारिए
अफ्रिकी मुलुक नाइजेरिमा इस्लामिक चरमपन्थीहरूले मालीको सीमानजिकैको गाउँ आक्रमण गरी ५६ जनालाई मारेका छन् । बीबीसीका अनुसार आक्रमणमा अन्य २० जना घाइते भएका छन् । टिल्लाबेरी क्षेत्रको चोमोबाँगोऊ नामको गाउँमाथि आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्रमा सन् २०१७ यता संकटकाल लगाइएको छ । केही महिनायता छिमेकी मुलुक मालीबाट छिरेका संदिग्ध जेहादीहरूले धेरै पटक आक्रमण गरिसकेका छन् । ...
-
२०७७ पौष १९, आइतबार
भारतमा तीन करोडलाई निःशुल्क कोरोना खोप
भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका लगायत तीन करोड मानिसलाई खोप लगाउने बताएका हुन् । भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ ।...
-
२०७७ पौष १८, शनिबार
भारतमा ‘कोभिशिल्ड’ प्रयोगको अनुमति
भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले सेरम इन्स्टि्ट्युट अफ इण्डिया.(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । यो निर्णयसँगै भारतमा खोपको...
-
२०७७ पौष १६, बिहिबार
यमनमा प्रधानमन्त्री लक्षित बम विष्फोट, २२ जना मारिए
यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्। बीबीसीका अनुसार मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारी रहेका छन् । सो जहाजले छिमेकी देश साउदी अरबबाट नयाँ सरकारका सदस्यहरूलाई लिएर आएको थियो। जहाज अवतरण हुनासाथ विमानस्थलमा ठूलो विस्फोट भएको थियो। बुधबार भएको हमलाको एक भिडियो सार्वजनिक भएको छ, जहाँ हमला भएको स्पष्ट देखिएको छ...
-
२०७७ पौष ९, बिहिबार
कोरोना फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु
कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि नै कर्फ्यु सुरु भएको हो । कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गर्नुभएको छ । यसअघि...
-
२०७७ पौष ३, शुक्रबार
एसियामा कोरोना खोप आउन एक वर्ष लाग्न सक्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र...
-
२०७७ मङ्सिर ३०, मंगलबार
जो बाइडेन औपचारिक रुपमा अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित
अमेरिकी निर्वाचन प्रणाली अनुसार इलेक्टोरल कलेजबाट जो बाइडेन औपचारिक रुपमा राष्ट्रपतिमा निर्वाचित भएका छन् । डेमोक्र्याट नेता बाइडेनले ३०६ इलेक्टोरल मत पाएर विजयी हुँदा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल मत पाएका छन् । उनी सन् १९९२ पनि दोस्रो कार्यकालका लागि निर्वाचन जित्न नसक्ने पहिलो राष्ट्रपति हुन् । त्यसबेला बिल क्लिन्टनसँग बहालवाला राष्ट्रपति जर्ज एच...
-
२०७७ मङ्सिर २९, सोमबार
जर्मनीमा बुधबारदेखि लकडाउन
जर्मनीमा बुधबारदेखि लकडाउन गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले क्रिसमसको समयमा जर्मनीमा लकडाउन हुन लागेको हो । पर्सि बुधबारदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने भएका छन् । लकडाउन जनवरी १० सम्म लागू हुने बीबीसीको खबरमा उल्लेख छ । त्यहाँका १६ राज्यमा सम्बन्धित निकायसँगको छलफलपछि चान्सलर एञ्जेला मर्केलले लकडाउनको घोषणा गरेकी हुन् । लकडाउनको समयमा अत्यावश्यक...
-
२०७७ मङ्सिर २९, सोमबार
आजदेखि अमेरिकामा काेभिडविरुद्धको खोप दिइने
अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउनेछन् । अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइनेछ । भोली अरु ४ सय २५ ठाउँमा खोप दिइने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज उपलब्ध छ । अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई...
-
२०७७ मङ्सिर २६, शुक्रबार
जो बाइडन र कमला ह्यारिस टाइमकाे वर्षव्यक्ति
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिस टाइम वर्षव्यक्ति घोषणा भएका छन् । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत नोभेम्बरमा भएको चुनावमा हराउँदै बाइडन निर्वाचित भएका थिए । कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुन् । अमेरिकी समाचारपत्र टाइमले सन् १९२७ देखि विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई वर्षेनी टाइम वर्ष व्यक्ति घोषणा गर्ने गरेको छ ।
-
२०७७ मङ्सिर १९, शुक्रबार
एक लाख बढी रूसी नागरिकले लगाए काेराेनाविरूद्धकाे खोप
रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका...
-
२०७७ मङ्सिर १८, बिहिबार
कोरोना खोप प्रयोग गर्न रूसी राष्ट्रपति पुटिनको निर्देशन
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार उनले अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले जनाएका छन् । रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरूलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप...


