अन्तर्राष्ट्रिय
-
२०७६ फाल्गुण १४, बुधबार
दिल्ली हिंसामा १८ जनाको मृत्यु, परिस्थिति अझै नाजूक
भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा...
-
२०७६ फाल्गुण १४, बुधबार
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
कोरोना जीवाणु भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ । अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि ९रेमडेसिभर० दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपी...
-
२०७६ फाल्गुण १३, मंगलबार
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गर्नुभएको हो । समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले...
-
२०७६ फाल्गुण १२, सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नु भएको थियो । मोदीको गृहराज्य...
-
२०७६ फाल्गुण १२, सोमबार
दक्षिण कोरियाका कोरोना फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित
दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गर्नु भएको छ । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ । केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ । त्यसैबीच...
-
२०७६ फाल्गुण ११, आइतबार
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते
भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् । दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र...
-
२०७६ फाल्गुण ११, आइतबार
दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ । केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु...
-
२०७६ फाल्गुण १०, शनिबार
ट्रम्पले भारतमा ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नहुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नुहुने भएको छ । उहाँले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उहाँको भ्रमणका क्रममा नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको...
-
२०७६ फाल्गुण ९, शुक्रबार
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार २०० भन्दा बढी
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने...
-
२०७६ फाल्गुण ७, बुधबार
अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु
अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् । मेलबोर्न, ७ फागुन...
-
२०७६ फाल्गुण ६, मंगलबार
कोरोना जीवाणुः उहान अस्पतालका निर्देशकको मृत्यु
कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहनु भएको जनाएको छ । उहाँलाई...
-
२०७६ फाल्गुण ५, सोमबार
सिरिया र लिबियाको विषयमा अमेरिकी र टर्किस् राष्ट्रपति फोनवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच हालैका दिनहरुमा सिरिया र लिबियामा बढ्दो द्वन्द्वलगायतका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति ट्रम्प र टर्किस् राष्ट्रपति एर्डोगानबीच शनिबार विषयमा उक्त कुराकानी भएको आइतबार जानकारी दिएको छ । त्यस फोनवार्ताका क्रममा पछिल्लो समयमा सिरियाको इद्लिबमा भएको...


