अन्तर्राष्ट्रिय
-
२०७६ माघ १६, बिहिबार
कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान
अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताउनुभयो । उहाँले आफ्नो...
-
२०७६ माघ १५, बुधबार
सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत...
-
२०७६ माघ १५, बुधबार
तीन पाकेटमारा पक्राउ
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् ।...
-
२०७६ माघ १५, बुधबार
हर्ष बद्र्धन श्रीङ्ला भारतीय विदेश सचिवमा नियुक्त
संयुक्तराज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्ष बद्र्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ । नवनियुक्त सचिव हर्ष बद्र्धनले कार्यभार ग्रहण गर्र्दै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्रीको निर्देशन बमोजिम भारतको सर्वोत्तम हितका लागि कार्य गर्ने बताउनुभयो । भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल समाप्त भएपछि भारत सरकारले विदेश मन्त्रालयका वरिष्ट कुटनीतिज्ञ श्रीङ्लालाई...
-
२०७६ माघ १५, बुधबार
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७।७ म्याग्नीच्यूडको भूकम्प
जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७।७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन । भूकम्पको धक्का मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव गरिएको थियो । भूकम्पको केन्द्रविन्दु जमैकाको १३९ किमी टाढा उत्तरपश्चिम मोन्टेगो बे क्षेत्रमा केन्द्रित रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प स्थानीय...
-
२०७६ माघ १४, मंगलबार
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बोडोल्यान्ड राज्यको माग गर्दै सशस्त्र युद्ध गरिरहेका बोडोसँगको नयाँ सम्झौताबाट उनीलाई मूलधारको शान्तिपूर्ण राजनीतिमा आउन मार्गप्रशस्त गर्ने बताउनुभयो । प्रधानमन्त्री मोदीले बोडो जनताका मागलाई सम्बोधन गर्न भारत सरकार प्रतिबद्ध...
-
२०७६ माघ १४, मंगलबार
चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित
चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५१५ जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ९७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८०६...
-
२०७६ माघ १३, सोमबार
कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनालाई पनि यसको...
-
२०७६ माघ १०, शुक्रबार
अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो
संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ ।...
-
२०७६ माघ १०, शुक्रबार
कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द
कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट पं्राप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरुमा सार्वजनिक...
-
२०७६ माघ ९, बिहिबार
इन्डोनेसियामा डु्ङ्गा पल्टिदा दश जना वेपत्ता
इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश जना यात्रु वेपत्ता भएका उद्धारकर्ताले बिहीबार जनाएका छन् । इन्डोनेसियाली कामदारहरु बोकेर मलेसियातर्फ जान लागेको सो डुङ्गा बुधवार साँझ रुपाट टापू नजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इशक ताहिरले बताउनु भएको छ । स्थानीय नाविकहरुले उद्धार गरेपछि १० जना कामदार...
-
२०७६ माघ ९, बिहिबार
अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ
मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ । नेशनल इन्स्टिच्युट अफ माइग्रेसन आईएनएम का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरुमा एक हप्ता अगाडि होन्डुरस छाडेका “२०२० काराभान”मा...


