अन्तर्राष्ट्रिय
-
२०७६ चैत्र १४, शुक्रबार
कोरोनाबाट बेलायतमा नेपालीको मृत्यु
काठमाडौं– कोरोना भाइरसबाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लन्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार मृत्यु भएको हो । अर्यालको कोरोना संक्रमणको कारण मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी गराएको छ । ज्वरो र खोकीको समस्यामा रहेको अर्याललाई रिङ्गटा लागेपछि गत शनिबार स्थानीय क्विन एलिजावेथ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा अर्यालको मृत्यु भएको हो ।...
-
२०७६ चैत्र १४, शुक्रबार
स्पेनमा ४ नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं– स्पेनमा चारजना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको बेग्लाबेग्लै अस्पतालमा उपचार भइरहेका छन् । बार्सिलोनाको साग्रादा फ्यामिलियामा बसोबास गर्दैआएका एकजना नेपालीको सान्पाओ अस्पतालमा उपचार भइरहेको छ । अरु तीनजना नेपाली भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहींकै स्थानीय अस्पतालमा उपचार गराइरहेका छन्...
-
२०७६ चैत्र १४, शुक्रबार
रूसमा अन्तराष्टिय हवाई सेवा बन्द
रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेििख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत...
-
२०७६ चैत्र १४, शुक्रबार
बेलायती प्रधानमन्त्री जोनसन र स्वास्थ्यमन्त्री ह्यानकक पनि सङ्क्रमित भएको पुष्टि
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ । प्रधानमन्त्रीको कार्यालयद्वारा जारी एक वक्तव्यमा भनिएको छ, “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा...
-
२०७६ चैत्र १३, बिहिबार
कोरोना संक्रमणः इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा सङ्क्रमितको सङ्ख्या ६७०
कोरोनाभाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो । चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट...
-
२०७६ चैत्र ११, मंगलबार
कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु (अपडेट)
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९...
-
२०७६ चैत्र ११, मंगलबार
भारतमा पनि २१ दिने ‘लकडाउन’
काठमाडौं– भारतमा आज रातिको १२ बजेबाट लागु हुने गरी २१ दिनसम्म ‘लकडाउन’ गर्ने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । मोदीले देशबासीको नाममा सम्बोधन गर्दै भारतभरि २१ दिनको लागि लकडाउनको घोषणा गरेका हुन् । लकडाउनको समय लामो भए पनि कोरोना भाइरसविरुद्ध लड्ने योभन्दा राम्रो विकल्प नभएको पनि मोदीले जनाएका छन् । मोदीले देश र जनतालाई बचाउन यस्तो कदम चाल्नुपरेको बताउँदै सरकारको यस कदममा...
-
२०७६ चैत्र १०, सोमबार
कोरोना सङ्क्रमणको कारण जेलबाट छुट्नु पर्ने माग गर्दे कारागार तोड्न खोज्दा २३ को मृत्यु
कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री मार्गारिता क्याबोलोले आइतबार बताउनु भएको छ । ‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र गत राती ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न खोज्दा २३ को मृत्यु भएको छ । ’ क्याबोलोले बताउनु भएको छ...
-
२०७६ चैत्र १०, सोमबार
कोरोनाबाट विश्वभरीमा चौथ हजार ७०४ को मृत्यु
कोरोनाबाट विश्वभरीमा चौथ हजार ७०४ को मृत्यु (अपडेट) विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल...
-
२०७६ चैत्र ८, शनिबार
कोरोना प्रभावः बच्चालाई जन्म दिएपछि आमाको मृत्यु
पोल्यान्ड, ८ चैत (रासस/एएनआई) –– पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण...
-
२०७६ चैत्र ८, शनिबार
बेलायतमा कोरोना भाइरसबाट एक नेपालीको मृत्यु
वेलायतमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर(पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु मंगलबार ४ चैत बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण...
-
२०७६ चैत्र ७, शुक्रबार
निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड
निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड नयाँदिल्ली, ७ चैत (रासस/एएनआई) – सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ । अभियुक्तहरुले सन् २०१२ मा एक महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमा साँझ सामूहिक...


